Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै ११ औं पटक अनसनरत डा. गोविन्द केसीको मागप्रति सरोकारवालाले सकारात्मक धारणा राखे पनि सहमति भने हुन सकेको छैन ।

शिक्षण अस्पतालका प्राध्यापक डाक्टर केसी / चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग सहित अनसन बसेको आज १४ औं दिन भइसक्दा पनि सरकारी पक्षले समस्या समाधानका लागि ठोस पहल लिएको छैन ।

सरकारी पक्षबाट आश्वासन मात्र आएको डा. केसीका प्रतिनिधिले बताएका छन् । हिजो दुबै पक्षबीच वार्ता भएपनि सहमति हुन सकेन । अस्ति शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नै पहलमा सरोकारवाला पक्षसंग छलफल गर्नु भएको थियो ।

माथेमा कार्यदलको प्रतिवेदन प्रतिकुल नहुने गरि चिकित्सा शिक्षा ऐन पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिनु भएको छ । यद्यपि सहमति भने जुटन सकेको छैन ।

अहिलेसम्म वार्ताको कुनै छाँटकाँट नदेखिएको डा. केसी पक्षका प्रतिनिधि डा. सुमन सापकोटाले बताउनुभयो । चिकित्सा शिक्षा सम्बन्धी विधेयक संसदबाट तत्काल पारित गरिनुपर्ने लगायत ११ बुँदे माग गर्दै डा. केसी अनशनमा बस्नु भएको हो ।

उहाँको स्वास्थ्य अबस्था पछिल्लो पटक नाजुक बन्दै गएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया