Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नेपाली उद्यमीले जापानी स्वादमा गत साताबाट जापानीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याएका छन् । नौ वर्ष जापानमा काम गरेका काभ्रे पनौती निवासी, नीरञ्जन अधिकारीको सो बेकरी व्यवसाय र उद्योग एकैपटक सञ्चालनमा आएको हो ।

नौ वर्ष अनुभव प्राप्त अधिकारीले अन्ततः सिकेको सीप स्वदेशमा उपयोग गरेका छन् । बेकरी उद्योगमा तीन र व्यवसायमा तीन गरी हाल छ जना व्यक्तिलाई उनले रोजगार समेत दिइएको छ । काठमाडौँको महराजगञ्जमा सञ्चालित सो बेकरीको नाम उम्दा जापनीज् बेकरी हो । पहिलो चरणमा रु ३५ लाख लगानी गरेर सुरु गरेको सो बेकरीले ४० मिनेटमा अर्डरबमोजिमका सामग्री तयार गर्ने, उपभोक्तालाई ‘होम डेलीभरी’ सर्भिस दिने र कच्चा पदार्थ जापानबाट आयात गर्ने गर्छ ।

जापानको होकादो शहरमा नौ वर्ष काम गरेका उद्यमी अधिकारीले पहिलो चरणमा बनेपा, भक्तपुर र झम्सिखेलमा छिट्टै शाखा सञ्चालनमा ल्याउने बताउँदै आगामी पाँच वर्षभित्र देशका सबै शहरमा उम्दा जाप्नीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याउने र करिब दुई हजार व्यक्तिलाई रोजगार दिने उनको योजना छ । जापानमा बस्दा उनको जापानी साथी मुराकामीले नेपालमा उद्योग र बेकरी पसल एकैपटक सञ्चालन गर्ने सल्लाह दिएका थिए । उनकै सुझावमा स्थापना गरिएको सो संस्थामा मुख्य उत्पादनकर्ता जापानी नागरिक इतो केही छन् ।

पछिल्लोपटक सो बेकरी उद्योगलाई सिंगापुर, भारत, बंगलादेश र ताइवानबाट शाखा विस्तार गर्ने प्रस्ताव आएको छ । गत साता मात्र महाराजगञ्जमा सञ्चालित पसलमा दैनिक ३०० उपभोक्ता आउने गरेका छन् । पछिल्लो समयमा विवाह, जन्मोत्सव तथा अन्य शुभकार्यमा केक काट्ने प्रचलन बढेसँगै नेपालमा केक तथा बेकरी उद्योग फष्टाउन थालेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया