Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं  – अनशनरत डा. गोविन्द केसीको मागमा सहमति जनाउँदै बुधबारदेखि आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका छन् । डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा पनि माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै आवासीय डाक्टरले ओपिडीमा काम नगर्ने बताएका हुन् ।

ओपिडीसहित पठनपाठनका कुनै पनि शैक्षिक कार्यक्रममा सरिक नहुने नेशनल रेजिडेन्ट डक्टर्स एसोसियसनले जनाएको छ  । डा. केसीको माग पूरा गराउन दबाब दिने उद्देश्यले आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा अहिले ३ सय ५० आवासीय डाक्टर छन् । आवासीय डाक्टरले सेवा बहिष्कार गर्दा विरामीको उपचार भने प्रभावित हुने भएको छ ।

यसैबिच डाक्टर केसीको मागबारे बुधबार पनि वार्ता हुँदैछ । मंगलबारको वार्ता सफल नभएपछि बुधबार फेरि वार्ताको तयारी भएको हो । डा. गोविन्द केसी अनशनमा बस्नु भएको १० औँ दिन हो । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा. केसी अनशनमा बसेको यो ११ औँ पटक हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया