Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – गुगलले आफ्नो तत्कालै सर्च गर्ने इन्स्टेन्ट सर्च फिचर बन्द गर्दैछ । जब तपाईं सर्च बारमा आफुले सर्च गर्न खोजेको केही शव्द लेख्नुहुन्छ तब ड्रप डाउन मेनूमा सर्चसँग सम्बन्धित विभिन्न शीर्षकहरु देखापर्दछन्, त्यो नै इन्स्टेन्ट सर्च हो । तर अब यो फिचर गुगलले बन्द गर्न लागेको छ ।

गुगलका अनुसार अब धेरैजसो इन्टरनेट प्रयोगकर्ताले डेस्कटपको साटो मोबाइलबाटै सर्च गर्दछन् । त्यसैल इन्स्टेन्ट सर्चको खासै आवश्यकता रहेन । स्मरण रहोस् गुगलले सन् २०१० मा इन्स्टेन्ट सर्च फिचर लञ्च गरेको थियो । तर सन् २०१५ मा मोबाइलबाट हुने सर्चहरु डेस्कटपबाट हुने सर्चभन्दा बढी भएसँगै उसले यो फिचर बन्द गर्ने निर्णय गरेको थियो ।

सर्च इन्जिन ल्याण्डसँग कुरा गर्दै गुगलका प्रवक्ताले भनेका छन्, ‘हामीले २०१० मा गुगल इन्स्टेन्ट लञ्च गरेका थियौं । यसको उद्देश्य पयोगकर्तालाई छिटो भन्दा छिटो खोजेको जानकारी उपलब्ध गराउनु थियो । यति छिटो की उसले आफुले खोजेको कुरा पूरै टाइप नगर्दै जवाफ मिलोस् । तर पछिल्लो समयमा गुगलमा धेरै सर्च मोबाइलबाट हुन थाले जसको इनपुट, इन्ट्र्याक्सन तथा स्त्रिनका सीमाहरु निकै अलग हुन्छन् डेस्कटपममा भन्दा । यही कुरालाई ध्यानमा राख्दै हामीले गुगल इन्स्टेन्ट सर्च बन्द गर्ने निधोमा पुगेका हौं, ता कि हामीले सबै डिभाइसको लागि सर्चिङलाई फास्ट बनाउन सकौ ।’

गुगलका अनुसार इन्स्टेन्ट फिचर बन्द भइसकेपछि गुगलमा सर्च गर्दा सर्च बारमा केही कुरा टाइप गर्दा ड्रपडाउन मेनूमा सम्बन्धित शीर्षकहरु आउन बन्द हुने चाहीँ होइन । गुगलले सर्च गर्दा तपाईंलाई काम लाग्ने सुझाव दिइरहने नै छ ।

तर फरक यत्ति मात्र हो की नतिजामा आउने सुझावमा तपाईंले क्लिक गर्नुपर्नेछ । जबकी इन्स्टेन्ट सर्चमा आफ्नो कुनै प्रश्न सर्च बक्समा टाइप गरेसँगै गुगलले आफै सर्च रिजल्ट देखाउन थाल्दथ्यो र त्यसलाई तपाईं टेक्स्टमा बदल्न सक्नुहुन्थ्यो । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया