Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – तपाईंले कुकुरको वफादारीका विषयमा त कैयन् किस्साहरु सुन्नुभएकै होला । तर के कहिल्यै कुकुरले घोडसवार गरेको देख्नुभएको छ ? सायद छैन होला । तर अहिले एउटा कुकुरको घोडसवारीको भिडियो भाइरल बनिरहेको छ ।

वास्तवमा बफादार जनावर कुकुरले प्रायः अनौठा-अनौठा हरकतहरु गरिरहन्छ । कहिले आफै नुहाएका त कहिले नाचेका भिडियोहरु इन्टरनेटमा देख्न पाइन्छ । अहिले चाहिँ एउटा कुकुरले घोडा चढेर घोडालाई हिँडाइरहेको भिडियो सोसल मिडियामा आएको छ ।

अमेरिकाको टेक्सासमा खिचिएको भिडियो हो यो । बेली नामक १० वर्षको उक्त कुकुरले गरेको घोडसवार निकै रोचक छ । अझ रोचक त के भने उक्त घोडाले पनि कुकुरलाई आफ्नो पिठ्यूँमा मज्जाले बसाइरहेको छ अनि कुकुरकै इशारामा हिडिरहेको छ ।

कुकुर निकै पोख्त देखिन्छ । मज्जाले घोडाको लगाम मुखले टोकेर अठ्याइरहेको छ भने हातले घोडाको गर्धनमा समाएर आफु सन्तुलित भैरहेको छ ।

हेरौँ यो रोचक भिडियो…

-एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया