Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियाको पर्थ सिटीमा यही सेप्टेवरको ९ र १० तारिकमा आयोजना हुने भएको छ ।
पाँचौ पटक हुन लागेको उक्त साहित्यिक सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक हुन लागेको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (पर्थ(डब्लु ए) शाखाको आयोजनामा हुन लागेको कार्यक्रममा नेपालका साथै विश्वभरिबाट साहित्यकार तथा लेखकहरुको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कार्यक्रममा नेपाल लगायत संसारभरका नेपाली भाषा तथा साहित्यप्रेमीहरुलाई पर्थमा ल्याउने, कार्यक्रमका संयोजक तथा च्याप्टरका अध्यक्ष गणेश घिमिरेले जानकारी दिनुभयो ।

अध्यक्ष घिमिरेका अनुसार डायस्पोरामा रहेको नेपाली साहित्यलाई कसरी विश्वस्तरीय बनाउन सकिन्छ भन्ने बारेमा सम्मेलनमा छलफल हुनेछ ।

यस प्रकारका सम्मेलनबाट नेपाली साहित्यको परिचय र विकास विश्वका अन्य भाषिक साहित्यको दाजोमा पुर्याउनमा थप बल पुग्ने अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ ले बताउनुभयो ।

अहिले कार्यक्रमको पूर्व तयारीका लागि विभिन्न समितिहरूको निर्माण गरी आवश्यक पूर्वाधार तयार गर्न काम भइरहेको जानकारी केन्द्रीय सचिब समेत रहेका कार्यक्रम संयोजक घिमिरेले बताउनुभयो ।

संस्थाका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले यस साहित्यिक सम्मेलन मार्फत नेपाली साहित्यको वर्तमान आयाम, नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण बारेमा छलफल हुने बताउनुभयो ।

उहाँले यस सम्मेलन मार्फत विश्वभरि छरिएर रहेका नेपाली साहित्यकारहरुलाई एकै ठाउँमा जोड्ने दाबी समेत गर्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्दै आएको छ । यस अघि २०१५ मा उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ को संयोजकत्वमा चौथो सम्मेलन जापानको टोकियोमा आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया