Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

केन्ट, बेलायत – सर्जक बिसि राईको पाचौ एल्वम ‘अर्को पाईला’ को सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । बेलायतको नर्टन न्याचबुल स्कुल, आशफोर्डमा एक कार्यक्रमको आयोजना गरी १६ जुलाई २०१७ का दिन गायक तथा गीतकार बिसि राईको ‘अर्को पाईला’ सार्वजनिक गरिएको हो ।

सुमायाँ राइको अध्यक्षता सम्पन्न भएको सार्वजनिक कार्यक्रममा भास्कर तितुङ्ग प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा गायिका तथा अभिनेत्री बिष्णु चेम्जोङ, समाजसेवि घन थापा मगर, किरात राई यायोख्खा अध्यक्ष पदम राई, किरात याक्थुङ चुम्लङ अध्यक्ष काजीमान यक्सो, खोटाङ जिल्ला पूर्व सभापति रत्न राई, किरात राई यायोख्खा उपाध्यक्ष कल्पना राई, किरात राई यायोख्खा उपाध्यक्ष दिवाकर राई, खोटाङ सेवा समाजका अध्यक्ष देबेन्द्र राई, विश्व नेपाली साहित्य महासङ्घ साउथ बेलायतका अध्यक्ष विजय हितान लगायत अतिथि रहनु भएको थियो ।

कार्यक्रमको उद्घाटन शत्रमा गायक गङ्गाराज राईले स्वागत मन्तव्य राख्नु भएको थियो भने अध्यक्ष र प्रमुख अतिथिले कार्यक्रममो औपचारिक उद्घाटन गर्नु भएको हो । कार्यक्रमको दोस्रो शत्रमा गीतकार राईको संक्षिप्त जीवनी प्रस्तुत गर्नु भएको थियो । त्यसपछि कार्यक्रमका अध्यक्ष,  प्रमुख अतिथि र गायकका बाबा-आमाले संयुक्त रुपमा पाचौ एल्वम ‘अर्को पाईला’को सार्वजनिक गर्नु भएको हो । पाचौ एल्वम ‘अर्को पाईला’मा १० वटा गीतहरु समावेश गरेका छन ।

यस्तै कार्यक्रममो तेस्रो शत्रमा एल्वमको समिक्षा गरिएको थियो । भने किरात राई यायोख्खा अध्यक्ष पदम राई, एनआरएन यूकेका हिराधन राई, किरात याक्थुङ चुम्लङ अध्यक्ष काजीमान यक्सो लगायतले शुभकामना दिनु भएको थियो । अन्त्यमा अध्यक्षको मन्तव्यसंगै कार्यक्रममो समापन गरिएको थियो । उक्त कार्यक्रमको संचालन कवि नबराज राईले गर्नु भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया