Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

कास्की – पोखरा-लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४-७५ का लागि चार अर्ब तीन करोड ८२ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरका मेयर मानबहादुर जीसीले आज नगर परिषदमा सो बजेट प्रस्तुत गर्नु भएको हो ।

कूल बजेटमध्ये सरकारबाट प्राप्त सशर्त र निःशर्त अनुदानबाट एक अर्ब ८२ करोड रुपैयाँ तथा महानगरको राजश्व र करबाट २ अर्ब २१ करोड ८२ लाख ५३ हजार ८ सय रुपैयाँ रहेको छ । जिसीले सामाजिक सुरक्षा भत्ता ४७ करोड ५ लाख रुपैयाँ विनियोजन गर्नुभएको छ । त्यस्तै कोष व्यबस्थापन तर्फ १५ करोड ५० लाख रुपैयाँ, पूर्वाधार विकाश क्षेत्र तर्फ १ अर्ब ३६ करोड ५३ लाख रुपैयाँ, वातावरण तथा विपद व्यबस्थापन क्षेत्र तर्फ १३ करोड ६५ लाख रुपैयाँ, सामाजिक विकाश क्षेत्र तर्फ १५ करोड १० लाख रुपैयाँ, आर्थिक विकाश क्षेत्र तर्फ २ करोड ३० लाख रुपैयाँ, वित्तीय व्यबस्थापन तथा सुशासन क्षेत्र तर्फ ४ करोड १० लाख रुपैयाँ रहेको छ ।

सस्थागत विकास तथा सेवा प्रबाह क्षेत्र तर्फ १ करोड २५ लाख रुपैयाँ, शसर्त अनुदान ७८ करोड ३९ लाख रुपैयाँ, लागत सहभागिता १५ करोड रुपैयाँ, फोहोर मैला ब्यवस्थापन ९ करोड रुपैयाँ, प्रशाशनिक खर्च ३० करोड ८४ लाख रुपैयाँ, वडागत बजेट विनियोजन ३५ करोड १० लाख रुपैयाँ रहेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै महानगरका सबै टोलका सडकमा सोलार बत्ती जडान गरी ‘हाम्रो नगर उज्यालो शहर’ अभियानलाई सफल पार्ने, महानगरलाई भ्रष्टभारमुक्त शहर बनाउने, विभिन्न जातजाती, भाषा, लिङ्ग, धर्म, क्षेत्र, बर्गको समान प्रतिनिधित्व गराउने, महानगरभित्रका ग्रामीण बस्तीमा ‘एक घर एक धारा’को व्यवस्था गर्ने जस्ता महत्वपूर्ण योजना पनि सुनाउनुभयो ।

कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया