Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – बोलिभियाको दक्षिण पश्चिमी भागमा छ केरो रिको पहाड । बोलिभियामा लामो समयसम्म स्पेनी साम्राज्य रह्यो । स्पेनीहरु यस पहाडलाई धनी पहाड भन्थे । किनकी त्यहाँ प्रसस्तै चाँदी पाइन्थ्यो । पूरै पहाड नै चाँदीले बनेको लाग्थ्यो स्पेनीसलाई । तर स्थानीय मानिसहरु भने यो पहाडलाई मान्छे खाने पहाडको रुपमा चिन्दछन् । १६ औँ सताब्दी देखि अहिलेसम्म यो सहरले ८० लाख जना मानिसलाई खाइसकेको बताउँछन् स्थानीयहरु ।

सन् १५४५ मा स्पेनले उक्त पहाडको काखमा एक सानो सहर स्थापित गरी झण्डै ३० लाख लाख स्थानीय मानिसहरुलाई जबरजस्ती चाँदी खानीको काममा लगायो । उक्त पहाडबाट सदियौँ देखि चाँदी उत्खनन गरिँदै आएको छ । अनुमान अनुसार स्पेनीहरुले त्यहाँबाट २ अर्ब औँस चाँदी निकाले । उक्त चाँदीले नै स्पेनलाई धनी बनायो । लगातारको उत्खननले पहाडको उचाई भने घट्दै गयो ।

ठाउँ ठाउँमा सुरुंग तथा भ्वाङ परे । जसका कारण उत्खनन कठीन बन्यो र दुर्घटना बढ्दै गयो । अहिलेपनि उक्त ठाउँमा झण्डै १५ हजार खानी मजदुरले काम गर्दछन् । उक्त पहाडको आसपासमा धेरै विधवा महिलाहरु छन् । विधवाहरुले एक संगठन नै खोलेका छन् । उनीहरुका अनुसार हरेक महिना उक्त पहाडका कारण १४.१५ जना महिला विधवा हुन्छन् । किनकी उक्त पहाडको चाँदी खानीमा काम गर्ने १४.१५ जना पुरुषको खानी दुर्घटनामा मृत्यु हुन्छ ।

चारै तर्फ धुलो तथा चट्टानबाट निस्कने विषाक्त ग्यासको बिगबिगी छ । सोही कारणले गर्दा खानी मजदुर तथा स्थानीय बासिन्दाहरु रोगका सिकार हुने गरेका छन् । त्यहाँ काम गर्ने वा बसोबास गर्ने मानिसहरुको औषत आयु ४० वर्षमात्र हुने गरेको छ । खानीमा दुर्घटना नहोस् भन्नका लागि त्यहाँ गहिराइका राक्षस मानिने एल टियोको मुर्ति राखेर पुजा समेत गरिन्छ ।

इतिहासकार एडुआर्डो गेलिनोका अनुसार १६ औँ सताब्दी देखि हालसम्म यस पहाडमा ८० लाख मानिस मरिसकेका छन् । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया