Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्दै छन् । व्यवस्थापिका संसद्मा अर्थ मन्त्रालयले पेश गरे जस्तै प्रमुख वा तोकिएका व्यक्तिले बजेट प्रस्तुत गर्नेछन् ।

वर्षभरी हुने चालू खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजश्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट हुने छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशअनुसार असार २५ गते पहिलो बजेट स्थानीय व्यवस्थापिकामा पेश गर्नुपर्ने भएको हो ।

केही स्थानीय तहबाहेक अधिकांशमा आज बजेट पेश हुँदै छ । गाउँरनगर सभामा पेश भएको बजेट असार मसान्तसम्म पास गरिसक्नुपर्ने छ ।

कानुन नभई निर्देशिकामार्फत् २५ गते बजेट ल्याउनु भनेकाले प्राविधिक कठिनाइका कारण केही स्थानीय तहले एक÷दुई दिनपछि पनि बजेट सार्वजनिक गर्न सक्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

पारित गरेपछि मात्रै नयाँ आर्थिक वर्षमा स्थानीय तहले बजेट खर्च गर्न पाउने छन् ।

स्थानीय व्यवस्थापिकामा हाल निर्वाचित भएर आएका मेयर÷अध्यक्ष र उपमेयर÷उपाध्यक्ष, वडाध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चार सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँपालिकाका सदस्यहरु रहनेछन् ।

सभामा प्रत्येक वडाबाट कम्तिमा दुई जना महिलाको प्रतिनिधित्व हुने छ । उक्त सभामा पेश भएको बजेट पास भएपछि खर्च गर्न बाटो स्थानीय तहलाई खुला हुने छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया