Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रर्‍याक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बाग्लुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रर्‍याक निर्माण गरेपछि भारतको सुनौली नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका उपल्लो मुस्ताङसम्मको ३४५ किलोमिटर दूरीको ट्रर्‍याक खुलेको हो ।

यो वर्ष झण्डै ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्रर्‍याक खोलिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ । निर्माण कार्यदलका सहायक रथी उद्धव विष्टले सडकको सुधार र विस्तार गर्नुपर्ने भए पनि अब गाडी गुड्नसक्ने बनाइएको जानकारी दिनुभयो । बाग्लुङ खण्डमा मात्रै झडै ५६ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । करिडोरको ट्रर्‍याक खुलेपछि अब सुनौलीबाट पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी, मुस्ताङ हुँदै कोराला पुग्न सकिने करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टराईले बताउनुभयो ।

‘दुई देशलाई जोड्ने छोटो सडक निर्माण भएको छ,’ भट्टराईले भन्नुभयो,’ “निकै जोखिम मोलेर ठूला भिर–पहरालाई फोर्दै ट्रर्‍याक खोल्यौं । ”  असार मसान्तसम्म ट्रर्‍याक खोल्ने प्रतिबद्धता जनाएको सेनाले एक हप्ताअघि बिहीबार नै ट्रर्‍याक खोलेको जनाएको छ । नेपाली सेनाको निर्माण कार्यदलकाअनुसार बाग्लुङ जिल्लाका चारवटा करिडोर क्षेत्रका खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने छ ।

करिडोरको ट्रर्‍याक खुलेसँगै अब भारतीय पर्यटक कालीगण्डकी नदीको किनारैकिनार भएर हिन्दू र बौद्धधर्मावलम्बीको प्रशिद्ध तीर्थस्थल मुक्तिनाथ जान र चीनका बौद्धधर्मावलम्बी पनि त्यही मार्ग हुँदै लुम्बिनी पुग्नसक्नेछन् । यो करिडोरले नेपाल, भारत र चीनको त्रिदेशीय व्यापार अभिवृद्धि गर्न सघाउ पुर्‍याउनुका साथै भारत र चीनबीच ‘कनेक्टिभिटी’को काम गर्ने स्थानीय सरकोकारवालाले बताएका छन् ।

करिडोरमा मुक्तिनाथ, गलेश्वर, बाग्लुङ कालिका, सेतीवेणी, रिडी, रानीघाट, राम्दीलगायत प्रसिद्ध मठ–मन्दिर रहेकाले धार्मिकरुपमा पनि महत्वपूर्ण रहेको छ । करिडोरको नवलपरासीबाट बाग्लुङको मालढुङ्गासम्म २८ मोटरेवल पुल बनाउनुपर्ने कालीगण्डकी करिडोरको आयोजना कार्यालयले जनाएको छ । ट्रर्‍याक खोलेपछि आगामी वर्षदेखि कालोपत्रे सुरु गर्ने तयारी छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया