Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो ।

निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले राससलाई जानकारी दिनुभयो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर चार घटाएर ८२ बनाएको थियो । यही असार २१ गते भोलिदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिनुभयो ।

नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा सात हजार १०४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा सात हजार २०० थियो । त्यस्तै भद्रपुरको भाडा आठ हजार ६७६, भैरहवाको पाँच हजार ९१३, धनगढीको १२ हजार १९ र नेपालगन्जको आठ हजार ३६५ पर्छ । यसअघि भद्रपुरको आठ हजार ७००, भैरहवाको छ हजार, धनगढीको १२ हजार २०० र नेपालगन्जको नौ हजार ५०० थियो ।

त्यसैगरी पोखरा जान पहिला चार हजार ७०० तिर्नुपथ्यो भने अब चार हजार ६३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान तीन हजार ९४८ लाग्नेछ । पहिला यही रुटमा चार हजार लाग्थ्यो । सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने ४० मात्र घटेको छ । सिमरा जान पहिला तीन हजार ४५ लाग्थ्यो भने अब तीन हजार पाँच तिरे पुग्छ । भरतपुर जान तीन हजार ३५३ लाग्छ । पहिला रु तीन हजार ५०० थियो ।

तुम्लिङ्टारको भाडा पाँच हजार ७०० बाट घटाएर पाँच हजार ६२३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि ११ हजारबाट घटाएर रु १० हजार ८६२ कायम गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया