Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

लहान –  विगत दुई सातादेखि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआउँदा झाडापखालाबाट सोमबार साँझ थप एकको मृत्यु भएको छ भने २५ जना सिकिस्त बिरामी परेका छन् ।

पछिल्लो पटक झाडापखालाबाट लक्ष्मीपुर पतारीस्थित सीतापुरप्रध निवासी ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो ।

झाडापखालाबाट थलिएकी गुद्रीदेवीको अस्पताल लैजाने तयारी भइरहेका बेला राति मृत्यु भएको प्रमुख डा दासले बताउनुभयो । योसँगै उक्त गाउँमा फैलिएको झाडापखालाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

यसअघि गत साता झाडापखालाबाट सीतापुरप्रध–८ निवासी ७० वर्षीय मागेन यादवको मृत्यु भएको थियो । झाडापखालाबाट सिकिस्त भएका स्थानीय ३० वर्षीय मलुकी देवी, १० वर्षीया सन्तोषीकुमारी यादव, ३४ वर्षीया कुमारीदेवी तिवारी, ३६ वर्षीया घुस्कीदेवी सदाय, लखन यादव, किशोरी राय, ३५ वर्षीया पवित्री देवी दास, १५ वर्षीय मनोजकुमार दास, ३५ वर्षीय रुवीकुमारी यादव, १४ वर्षीया अमिरती कुमारी दासलगायत २५ जनाभन्दा बढी सिकिस्त बिरामीको चिकित्सकको निगरानीमा स्वास्थ्य चौकी सीतापुरमा उपचार भइरहेको छ ।

सिकिस्त भएका बिरामीलाई स्वास्थ्य चौकीमै राखेर उपचार गरिएको र उहाँहरुको अवस्था सामान्य बन्दै गएको चिकित्सकले बताएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया