Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – भारतको राजधानी दिल्लीभन्दा ३ सय किलोमिटर टाढा राजस्थानको अलवरमा एउटा पूरानो किल्ला छ । यो किल्ला अहिले भग्नावशेषको रुपमा रहेको छ । यो खण्डहरु कुनै समयमा भने एक भव्य तथा मानिहरुले भरिएको क्षेत्र थियो । यो इलाकामा सोमेश्वर, हनुमान, कृष्ण, देवी आदीका दर्जनौँ मन्दिर रहेका छन् । भगवानै भगवानको बीचमा रहेको यो ठाउँ चाहीँ भुताहा ठाउँको नामले चर्चित छ ।

यो ठाउँमा कुनैपनि भवनका छत छैनन् । तर अनौठो के भने सबै मन्दिर चुस्त अवस्थामा छन् । यो ठाउँलाई श्राप पर्नाले भुताहा ठाउँ भनेको विश्वास छ । यस ठाउँमा महल भएको स्थानमा महिला गुरु बालुनाथ बस्थे । उनले उक्त महल बनाउने बेलामा आफ्नो ध्यान भंग गर्ने भएकाले त्यहाँ कुनै महल नबनाउन चेतावनी दिएका थिए ।

यदि आफ्नो ध्यान भंग गरेमा सारा सहर ध्वस्त हुने चेतावनी उनको थियो । तर उनको कुरालाई कसैले ध्यान दिएन र त्यहाँ भवनहरु बनाए । जसका कारण गुरुले श्राप दिए र रातारात त्यस ठाउँ विरानो बन्यो । उक्त ठाउँलाई एक तान्त्रिकले पनि श्राप दिएका कारण एकाएक ध्वस्त भएर खण्डहरमा परिणत भएको विश्वास गरिन्छ ।

उक्त तान्त्रिकले त्यस किल्लामा रहेका कुनैप्नि मानिसले पुनर्जन्म लिन नपाउन् भन्ने श्राप दिएको थियो । सोही कारण त्यस क्षेत्रमा अकालमा मृत्यु भएका मानिसहरुको आत्माले मुक्ति पाएन र पुनर्जन्म समेत नपाउँदा धेरै कैयन् मृतात्माहरु अहिले पनि भट्किरहेको विश्वास गरिन्छ । यो ठाउँमा साँझ पर्ने बित्तिकै मानिसहरु जान डराउँछन् ।

सरकारी अधिकारीले पनि त्यहाँ रातको समयमा जान निषेध गरेको छ । उक्त ठाउँमा रात बिताउने मानिस कोहीपनि ज्यूँदै नफर्किएको स्थानीयहरु बताउँछन् । फर्किएर आएका मानिसहरु पनि मानसिक रुप्मा विक्षिप्त बनेको बताइन्छ । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया