Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि भूकम्पपीडितसँग अनुदान सम्झौता र किस्ता वितरण छिटो हुन थालेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं ३, ४ र ६ मा जेठ दोस्रो साता जनप्रतिनिधि निर्वाचित भई काम सुरु गरेपछि काममा तीव्रता आएको मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको हो ।

निर्वाचित प्रतिनिधिले काम सुरु गरेको एक महिनामा पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही २१ हजार २२३ ले बढेका छन् । त्यसैगरी दोस्रो किस्ता लिनेको सङ्ख्या २२ हजार ११० ले बढेको छ । त्यसैगरी तेस्रो किस्ताको रु एक लाख लिनेको सङ्ख्या ९०४ ले बढेको एकाइका इन्जिनियर वीरेन्द्र कँडेलले बताउनुभयो । जेठ १६ सम्म पाँच लाख ८१ हजार ७१९ घरधुरीसँग अनुदान सम्झौता भएकामा असार १६ मा छ लाख १७ हजार ६७४ पुगेको छ ।

एक महिनामा ३५ हजार ९५५ घरधुरीसँग सम्झौता भयो । यसअघि यो रुपमा कामले गति नलिएको उहाँले जानकारी दिनुभयो । निर्वाचित प्रतिनिधिले काम सुरु गर्नुअघि पाँच लाख ६२ हजार २१३ ले पहिलो किस्ता पाएकामा असार १६ मा पाँच लाख ८३ हजार ४३६ ले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता पाउनेको सङ्ख्या पनि एक महिनामा १८ हजार ७३९ बाट ४० हजार ८४९ पुगेको छ ।

यो अवधिमा तेस्रो किस्ता लिनेको सङ्ख्या एक हजार २०५ बाट दुई हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ । असार १४ गते प्रदेश नं १, ५ र ७ मा पनि स्थानीय तहको निर्वाचन भई मतगणना भइरहेको छ । यी तीन प्रदेशमा पनि निर्वाचनपछि पुनःनिर्माणमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया