Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – लामो समयपछि सञ्चालनमा आएको नेपाल औषधि लिमिटेडले आगामी १ असोजमा सिटामोल बजारमा ल्याउने भएको छ । सामान्य ज्वरो आउँदा पनि बजारमा सजिलै नपाइने सिटामोललाई आगामी १ असोजमा लिमिटेडको वार्षिकोत्सवको अवसर पारेर बजारमा ल्याइने भएको हो ।

नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक रोभसकुसुम सुवेदीले वार्षिकोत्सवको अवसर पारेर सिटामोल बजारमा ल्याइने जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा ३ लाख २० हजार गोटा ट्याब्लेट सिटामोल उत्पादन गरिने बताउनुभयो । अहिलेसम्म जीवनजलको मात्रै उत्पादन सुरु गरेको लिमिटेडले आगामी १ असोजमा पहिलोपटक बजारमा सिटामोल ल्याउने किसिमले कार्य भइरहेको प्रबन्ध निर्देशक सुवेदीले जानकारी दिनुभयो ।

यसरी उत्पादन गरिने औषधिलाई विशेष गरी विपन्न वर्गको आवश्यकता हेरी दुर्गमतिर पठाइने उनको भनाइ छ । ‘बर्खाको समयमा दुर्गमका मानिसमा झाडापखाला फैलिन्छ, त्यस्तो अवस्थामा यो सरकारी स्वामित्वको संस्था भएर त्यस्तो ठाउँमा अलिकति छिटो औषधि पुर्याउन सकिन्छ,’ उहाँले भन्न्भयो ।  अहिलेसम्म दैनिक १० हजार गोटा जीवनजल उत्पादन गरिरहेको लिमिटेडले आगामी दिनमा यसको उत्पादन पनि बढाउँदै लैजाने लक्ष्य लिएको बताएको छ ।

जीवनजलको उत्पादन बढाउन आवश्यक कार्य भइरहेको प्रबन्ध निर्देशक सुवेदीको भनाइ छ । लिमिटेडले उत्पादन बढाउँदै लगेमा औषधिको आयात विस्थापित गर्न सकिने संकेत गर्दै प्रबन्धक सुवेदीले भन्नुभयो, ‘जुन औषधि हामी यहाँ उत्पादन गर्न सक्छौं, त्यो किन आयात गर्नुपर्यो ? नेपालमा उत्पादन गर्न सकिने औषधिमा त आत्मनिर्भर हुनु पर्यो ।’ यसरी उत्पादन गरिने औषधि सस्तो तथा सुलभ मूल्यमै बिक्री वितरण गरिने लिमिटेडले जानकारी दिएको छ ।

जीवनजलको मूल्य बजार मूल्यभन्दा १० प्रतिशत सस्तो रहेको र सिटामोलको मूल्य पनि अहिले नै बजार मूल्यभन्दा सस्तो नै हुने जनाइएको छ । पहिलो चरणमा ६ करोड ४८ लाख रुपैयाँ सरकारले उपलब्ध गराएकाले त्यसैअनुसार औषधि पनि उत्पान गरिने र विस्तारै सर्पले टोकेकोलगायतका औषधि पनि नेपालमा नै उत्पादन गर्ने योजना अघि सारेको औषधि लिमिटेडले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया