Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपाली भाषा तथा साहित्यको उत्थानमा उल्लेखनीय योगदान पुर्याए वापत पाँचजना स्रष्टालाई आज हीरक जयन्ती सम्मानबाट सम्मानित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६० औँ जन्मजयन्तीका अवसरमा यहाँ आयोजित एक कार्यक्रममा उहाँहरुलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिद्वय मदनमणि दीक्षित र वासुदेव त्रिपाठी हुनुहुन्छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँहरुलाई सम्मान गर्दै नेपाली भाषा तथा साहित्यको उन्नयनमा सम्मानित व्यक्तित्वहरुको ठूलो योगदान रहेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व राष्ट्रकवि घिमिरेले यो सम्मानले साहित्य लेखनका क्षेत्रमा आफूलाई प्रेरणा मिलेको बताउँदै आफूले लौरो टेकेर पनि कविता लेखन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रतिष्ठानमा २० वर्ष सेवा अवधि पूरा गरेका गिता राई, भरत सुवेदी, जहरसिंह खडका, शिवनारायण महर्जन र सावित्री नेपालीलाई पदक तथा २५ हजार नगदसहित सम्मान गरियो ।

यसैबीच राष्ट्रिय कविता महोत्सव पनि आजै शुभारम्भ गरिएको छ । उक्त महोत्सवमा देशभरबाट ३२ प्रतियोगी तथा २० अप्रतियोगी सहभागी छन् । महोत्सवमा सहभागी हुन देशका विभिन्न स्थानबाट २२९ कविता पठाइएका थिए । त्यसमध्ये ३२ वटा कविता प्रतिस्पर्धामा छानिएका छन् ।

प्रतिष्ठानले विसं २०२२ देखि प्रत्येक वर्ष असार ९ गते कविता महोत्सव गर्दै आएको भए पनि २०७२ सालमा गएको भूकम्पका कारण महोत्सव गर्न सकिएको थिएन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया