Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु १९ अर्ब पाँच लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
आगामी पाँच वर्षका लागि प्रदान गर्न लागेको उक्त सहायता शिक्षाको गुणस्तर सुधार, आधारभूत तथा माध्यमिक शिक्षामा न्यायोचित पहुँच विस्तार, अध्ययन–अध्यापन तथा विद्यार्थीको सिकाइमा सुधारका साथै सुदृढ शैक्षिक प्रणाली निर्माणमा उपयोग गरिनेछ । ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र यहाँस्थित विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रबन्धक कामाताले उक्त कार्यक्रम कार्यान्वयनपछि ७० लाख विद्यार्थी र एक लाख ८० हजार शिक्षक लाभान्वित हुने बताउँदै त्यसबाट नेपाल सरकारको शैक्षिक क्षेत्र सुधार अभियानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सचिव सुवेदीले कार्यक्रम कार्यान्वयन गर्ने निकाय शिक्षा मन्त्रालय र उक्त मन्त्रालय मातहतको शिक्षा विभागलाई गम्भीर भएर कार्यक्रम लागू गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको विकासका पूर्वाधारका आवश्यकता, मानव संशाधन निर्माण र दिगो सामाजिक सेवा सुनिश्चित गर्ने सरकारको अभियानमा थप सहायता प्रवाह गर्न उक्त बैंकलाई आग्रह पनि गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया