Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

हरेक दिन खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउँदा निकै लाभदायक हुने विज्ञहरूले सुझाब दिएका छन् । कागतीपानीमा भिटामिन, मिनरल्स र फाइबरको मात्रा पर्याप्त हुन्छ । विभिन्न रिसर्चका आधारमा युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरले दिनहुँ खाली पेटमा मनतातो कागतीपानी पिउनुका फाइदाबारे जानकारी दिएको छ :

कागतीमा पाइने फाइबर, साइट्रिक एसिड र पानी एकसाथ मिल्दा शरीरको बोसो काट्न भूमिका खेल्छ । नियमित खाली पेटमा कागतीपानी पिउनाले तौल घटाउन सघाउ पुग्छ ।एन्टिअक्सिडेन्ट र एल्कलाइन गुणको स्रोत कागतीपानी भएकाले कैैफिनयुक्त अन्य ड्रिंक्सको तुलनामा धेरै इनर्जी दिन्छ । बडी सेल्सलाई दिनभर ऊर्जाशील राख्न सघाउ गर्छ ।

कागतीपानीले शरीरमा मेटाबोलिजम बढाउँछ । शरीरमा पाचन रस पनि धेरै पैदा गर्छ । यसमा पाइने डायटरी फाइबर्सले पाचन क्रिया सहज बनाउँछ । शरीरभित्र जमेर रहेको हानिकारक पदार्थ निष्कासन गर्न पनि भूमिका खेल्छ ।

एक कप कागतीपानीमा बढीमा २० क्यालोरी हुन्छ । यसले शरीरमा एक्स्ट्रा क्यालोरी जम्मा हुन पनि दिँदैन । यसमा हुने डायटरी फाइबर्स, साइट्रिक एसिड र शक्तिशाली एन्टिअक्सिडेन्टले कोलेस्ट्रोल बाहिर निकालिदिन्छ ।

कागतीपानीमा हुने एन्टिब्याक्टेरियल तत्वले मुखको ब्याक्टेरिया मार्छ र श्वासको गन्ध हटाउँछ । यसमा हुने भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा रुघाखोकी र फ्लुबाट बचाउने गर्छ । क्याल्सियमले दाँत बलियो बनाउँछ ।

आइरन र भिटामिन सी प्रचुर मात्रामा हुने भएकाले कागतीपानीले दिमागमा अक्सिजनको सञ्चार सहज गराउँछ । मनतातो कागतीपानीले घाँटीको खसखस हटाउँछ । यसमा हुने भिटामिन सी र अल्काइन पावरले कफ निकाल्छ ।

कागतीपानीमा पाइने पोटासियम, म्याग्नेसियम, फाइबर र एन्टिअक्सिडेन्टले शारीरिक पीडा कम गर्छ । यसले शरीरको युरिक एसिड पनि बाहिर निकाल्छ । जोर्नीको दुखाइ पनि कम गराउँछ । कागतीमा पाइने बी–६ ले खानालाई शक्तिमा बदल्न मद्दत गर्छ । मेटाबोलिजम प्रक्रियालाई पनि दु्रत पार्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया