Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

चितवन –  साइकलको ठक्करबाट गम्भीर घाइते भई हाल उपचाररत दक्षिण चितवनको माडी नगरपालिका–८ जीवनपुरका ४८ वर्षीय कृष्णबहादुर परियारको उपचारका लागि इजरायलमा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् ।

चितवन समाज इजरायलको प्रयासमा आर्थिक सङ्कलन गरी घाइते परियारको उपचारका लागि रु एक लाख एक हजार १११ सहयोग उपलव्ध गराइएको चितवन समाज इजरायलका महासचिव चिरञ्जीवी मिश्रले जानकारी दिनुभयो ।

सङ्कलित रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा अस्पताल मै पुगेर आइतबार घाइते परियारलाई हस्तान्तरण गरिएको मिश्रले बताउनुभयो ।

परियार सुकुम्बासी भएकाले उनको उपचारमा आर्थिक समस्या परेको थाहा पाएर सहयोग गरिएको जनाइएको छ । गएको चैत १६ गते माडीमा पैदल हिँडिरहेका बेला साइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । टाउकोमा रगत जमेका कारण उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।

एकपटक शल्यक्रिया गरिएको उनको टाउकोमा पुनः पानी जमेपछि दोस्रो पटक शल्यक्रिया गरिएको उनकी श्रीमती विष्णुमायाँ परियारले जानकारी दिनुभयो ।

अस्पतालको आइसीयुमा लामो समय बस्दा अहिले उनको पछाडि घाउसमेत आएको उहाँको भनाइ छ । उपचारमा अहिलेसम्म रु साढे दुई लाख बढी खर्च भइरहेको छोरी सिर्जना परियारको भनाइ छ ।

ठक्कर दिने बालकको परिवार पनि सुकुम्बासी र घाइते परियार पनि सुकुम्बासी भएकाले उनको उपचारका लागि आर्थिक अभाव रहेको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया