Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन असार १७ गते हुने भएको छ ।
संघको कार्यसमितिको बैठकले निर्वाचनको मितिसँगै निर्वाचनका लागि निर्वाचन अधिकृतका रुपमा संघका पूर्वअध्यक्ष तिलक रानाभाट तथा सदस्यहरुमा जेन्युन प्लेसमेन्टका संचालक डिकबहादुर खत्री (कुमार) र कानुनी सल्लाहकार शम्भु निरौला गरी ३ सदस्यीय निर्वाचन समिति समेत चयन गरेको छ ।
आगामी १४ गते हुने स्थानीय निकायको दोस्रो निर्वाचनका कारण समय अभाव हुने व्यवसायीहरुले आवाज उठाइरहँदा मितिमा केही हेरफेर पनि हुन सक्ने संभावना रहेको बताउदै संघका अध्यक्ष विमल ढकालले संघले भने यही मितिमा गर्ने गरी नै निर्णय गरेको बताउनु भयो ।
संघको वैठकले साधारणसभासभामा प्रक्रिया पुरा भए विधान संसोधन गर्नेसमेत निर्णय गरेको छ । निर्वाचनका लागि आधिकारिक प्यानल घोषणा नभएपनि अध्यक्षका लागि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमबाट किरणकिशोर घिमिरे र प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट रोहन गुरुङको नाम चर्चामा छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया