Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सोमबार सार्वजनिक भएको बजेटले स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्नको लागि आवश्यकता अनुसार बजेट बिनियोजन गरेको छ । सबै स्थानीय तहको लागि छुट्टाछुट्टै बजेट छुट्याइएको हो । अब गाउँपालिकाले १० देखि ३९ करोड रुपैयाँ केन्द्रबाट प्राप्त गर्नेछन् ।

यस्तै नगरपालिकाले १५ देखि ४३ करोड रुपैयाँ तथा उपमहानगरपालिकाले ४० देखि ६३ करोड रुपैयाँसम्म प्राप्त गर्ने छन् । यस्तै महानगरपालिकाले ५६ करोडदेखि एक अर्ब २४ करोड रुपैयाँसम्म प्राप्त गर्ने छन् । यो सबै निसर्त प्राप्त गर्ने बजेट हो । स्थानीय तहले ससर्त थप अनुदान प्राप्त गर्ने छन् ।

त्यसका लागि बजेटमा ७६ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ । ससर्त गाउँपालिकाले एक करोड २० लाखदेखि १७ करोड २२ लाख रुपैयाँसम्म थप निकासा हुनेछ । नगरपालिकाका लागि ३ करोड ९५ लाखदेखि ३१ करोड २७ लाख विनियोजन गर्न सकिने छ ।

यस्तै उपमहानगरपालिकामा १४ करोड ८० लाखदेखि ३१ करोडसम्म र महानगरपालिकामा २८ करोड १२ लाखदेखि ७८ करोड ३९ लाख रुपैयाँसम्म थप निकासा हुने व्यवस्था बजेटमा छ । यस्तो ससर्त बजेट कार्यालय सञ्चालनका लागि खर्च गर्न सकिने छ ।

बजेटमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाको स्तर अनुसार बजेटको व्यवस्था गरिएको छ ।

कुन स्थानीय तहमा कति बजेट छुट्याइएको छ त ? हेर्नुहोस् सूचि

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया