Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – आज मे २८ तारिख, अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैछ । महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरेर आज यो दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा आज ललितपुरको लगनखेलमा विशेष कार्यक्रम हुँदैछ । लगनखेलको सार्वजनिक शौचालय भएको ठाउँमा विभिन्न क्षेत्रका मानिस जम्मा भएर महिनावारी मैत्री शौचालय भए नभएको विषयमा छलफल गरिने खानेपानी तथा सरसफाई समन्वय परिषद्का निर्देशक एवं महिनावारी सरसफाईका विषयमा जानकार गुणराज श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम मदनकृष्ण श्रेष्ठ लगाएतका कलाकारको सहभागिता रहनेछ ।

नेपाल प्रजनन् स्याहार केन्द्रका अनुसार नेपालमा दैनिक करिब २ लाख ९० हजार महिला तथा किशोरी महिनावारी हुन्छन् । बिभिन्न अध्ययनहरुले किशोरीहरुमा प्रजनन स्वास्थ्य र महिनावारीको उचित व्यवस्थापनको पर्याप्त सूचनाको अभाव रहेको र त्यसले गर्दा प्रत्यक्ष प्रभाव उनीहरुको शिक्षामा पर्ने गरेको देखाएका छन् ।

महिनावारी प्राकृतिक प्रकृया हो । महिनावारी हुनु आमा बन्न तयार हुनु हो । महिलाहरुको यो विशेष क्षमतालाई सही तरिकालाई बुझाउन नसक्दा यससम्बन्धि धेरै भ्रमहरु पनि पाइन्छ । महिनावारी सम्बन्धी गलत भ्रमलाई हटाउन बिभिन्न अभियान पनि चलेका छन् ।

प्रजननन स्वास्थ्यको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुले प्राकृतिक बिषय महिनावारीलाई अझै पनि बुझाउन नसकिएको भन्दै महिनावारीको बारेमा चेतना जगाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया