Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – बाजुराको काँडामा मलद्धार नभएको बच्चा जन्मिएको छ । नौ दिन पहिले बिमला रोकायाले घरमै जन्म दिएको छोराको मलद्धार नभएको भेटिएको हो । तीन दिन सम्म छोराले दिसा नगरेपछि मात्र मलद्धार नभएको भन्ने थाहा भएको बिमलाले सुनाउनुभयो । दिसा गर्ने ठाउँनै नभए पछि लगत्तै जिल्ला अस्पताल लगे पनि त्यहाँ उपचारमा कुनै सम्भव नभएपछि थप उपचारका लागि बयलपाटा अस्पताल ल्याएको बाबु गोरख रोकायाले जानकारी दिनुभयो ।

बच्चाले खाएको दुधले पेट फुल्दै गएकोले तत्कालै शल्यक्रिया नभए बच्चाको ज्यानसमेत जोखिममा हुने संभावना देखे पछि चिकित्सकले ज्यान जोगाउन पेट चिरेर ठूलो आन्द्रा काटेर दिसा गर्नका लागि बैकल्पिक व्इवस्था गरिएको अस्पतालका निर्देशक डाक्टर सन्तोषकुमार ढुंगानाले बताउनुभयो । उहाँले भन्‍नुभयो, यो एकदमै जटिल समस्या हो बच्चा तेस्रो दिनसम्म अस्पताल नपुगेको भए ज्यान जाने थियो । उनले बच्चाको जटिल शल्यक्रियाका लागि नवजात शिशु बिशेषज्ञ नै आवश्यक हुने भए पनि तत्काल बिशेषज्ञ उपलब्ध नहुँदा ज्यान जोगाउनका लागि शल्यक्रिया गरेको ढुंगानाले बताउनुभयो । बच्चालाई बेहोस पारी पेट चिरेर ठुलो आन्द्रालाई बाहिर निकाली त्यसलाई खोलेर दिसा आउने ठाँउ बनाईएको छ ।

तर यो दिर्घकालिन समाधान नभएकोले बच्चालाई बिशेषज्ञ भएको ठाँउमै पुर्‍याउनु पर्ने डाक्टर ढुंगानाले परिवारलाई सल्लाह दिएका छन् । अबको केहि दिनमै बच्चाको जटिल खालको अप्रेसन गर्नुपर्ने उनले जानकारी दिनुभयो । अहिले बच्चाले आमाको दुध खाईरहेको र दिसा पनि गरिरहेको अस्पतालले जानकारी दिएको छ । बच्चाको स्वास्थ्य अवस्था समेत सामान्य छ ।

यस्तोको खालको सामान्य सल्यक्रिया गर्न पनि ३०र४० हजार भन्दा बढी खर्च लाग्ने समेत चिकित्सकल बताउनुभयो । बयालपाटा अस्पतालमा सबै सेवा निशुल्क भएकाले बच्चाको सबै उपचार निस्शुल्क भएको छ । छिटफुट मात्रमा यस्ताखालका समस्या आउने गरेका अस्पतालले जनाएको छ । -पत्रकार शिवराज खत्रीबाट…..

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया