Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – आफू निकट व्यापारी अजय सुमार्गीले विदेशबाट ल्याएको साढे तीन अर्ब रुपैंयाँ फुकुवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम प्रयास गर्नुभएको छ ।

प्रधानमन्त्री पदबाट राजीनामा दिनुभन्दा अगाडि उहाँले यस्तो प्रयास गर्नुभएको हो । करिब चारबर्ष देखि सुमार्गीले बिदेशबाट ल्याएको रकमलाई नेपाल राष्ट्र बैंकले ‘कालो धन’ को आशंकामा रोक्का गरिदिएको छ ।

उहाँले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम भित्र्याउनुभएको थियो । रोकिएको रकमबाहेक थप आठ अर्ब रुपैंयाँ नेपाल ल्याउन दिने पहल पनि प्रधानमन्त्री दाहालले थालेको उच्च सरकारी स्रोतले जनाएको छ ।

आगामी सोमबार राजीनामा दिने तयारी गरिरहेका दाहालले त्यसअघि नै सुमार्गीको रकम फुुकुवा गर्न लाग्नुभएको हो । गत बर्ष प्रधानमन्त्री बन्ने बित्तिकै दाहालले सुमार्गीको रकम फुकुवाका लागि पहल गर्नुभएको थियो ।

उहाँले त्यसबेला प्रधानमन्त्री कार्यालयका सचिबहरुलाई बोलाएर रकम फुकुवा गर्न पहल गरे पनि असफल हुनुभएको थियो । सुमार्गीले आफ्ना दुई कम्पनीको चुक्ता पुँजी बढाउनका लागि भन्दै ‘ट्याक्स ह्याभेन’ मुलुकबाट ऋणका रुपमा सो रकम ल्याउन लाग्नुभएको हो।

नेपाल स्याटेलाइट टेलिकम र मुक्तिश्री सिमेन्ट उद्योगका लागि उहाँले ल्याउन लागेको रकम ‘कालो धन’ भएको आशंका छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया