Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं -चितवनको भरतपुरमा स्थापना भएको मनकामना अस्पतालले स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नयाँ व्यवस्थापनसँगै सुविधायुक्त अस्पतालका रुपमा विकास गरिएको उक्त अस्पतालले पहिलो वार्षिकोत्सवका अवसरमा यस्तो घोषणा गरेको हो ।

आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष प्रा डा अर्जुन श्रेष्ठले न्यून आय भएका बिरामीलाई सहज होस् भनेर यसरी छुटको व्यवस्था गरिएको जानकारी गराउनुभयो । अहिले अस्पतालले चौबीसै घन्टा आकस्मिक सेवासमेत दिइरहेको र वार्षिकोत्सवका अवसरमा एक हप्तासम्म विभिन्न छुटका स्वास्थ्य कार्यक्रमहरु ल्याएको उहाँले जानकारी दिनुभयो । अस्पतालले जेठ ३, ४ र ५ गते ओपिडी सेवा निःशुल्क गर्ने घोषणा गरेको छ ।

यस्तै, सिटी स्क्यान सेवा र अन्य स्वास्थ्य परीक्षणमा रु ५० प्रतिशत छुट, यही जेठ १ गतेदेखि बालरोग विशेषज्ञ सेवामा हरेक दिन बिहान ७ देखि ९ बजेसम्म निःशुल्क ओपिडी स्वास्थ्य सेवा, हरेक महिलाको १ गते सम्पूर्ण विभागको ओपिडी सेवा निःशुल्क गरिएको अस्पतालले जनाएको छ । जेठ ११ गते परेको विश्व थाइराइड दिवसका अवसरमा थाइराइड परीक्षणमा समेत ५० प्रतिशत छुट दिने अस्पतालका सञ्चालक ध्रुव काफ्लेले जानकारी दिनुभयो ।

अस्पताल हाल ५० श्ययामा सञ्चालित छ ।  निजी अस्पतालमध्ये उत्कृष्टमा पर्ने मनकामनाले एक वर्षमा १० हजार बिरामीको उपचार गरेको आज सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया