Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – स्वास्थ्य मन्त्री गगन थापाले विना तलव स्वयंसेवी नर्स राख्ने अस्पतालहरुलाई कडा कारवाही गर्ने चेतावनी दिनु भएको छ ।  अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा सो चेतावनी दिनु भएको हो । मन्त्रालयले नर्सहरुको अवस्थाबारे अध्ययन गर्न नर्सिङ काउन्सिलकी सदस्य गोमा निरौलाको संयोजकत्वमा ‘नर्सिङ सुधार समिति’ गठन गरेको थियो ।

समितिको प्रतिवेदनमा नर्सहरुलाई कतै न्युन तलव र कतै स्वयंसेवीको रुपमा काम गर्न लगाइएको उल्लेख थियो । कार्यक्रममा मन्त्री थापाले भन्नुभयो, ‘यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला निकाय सबैलाई पत्राचार गरिसकेको छ । अब हामी अनुगमन र कार्यान्वयनको चरणमा छौं । यदि कसैले यी कुरालाई कार्यान्वयन नगरेको तथा नर्सहरुको श्रम शोषण गरेको पाइएमा नियम अनुसार कारवाही गर्न मन्त्रालय पछि पर्ने छैन ।’ त्यही प्रतिवेदनको आधारमा मन्त्रालयले एकपटक गल्ती गर्नेलाई नसिहत दिएर छोड्ने तथा पटक-पटक गल्ती गर्नेलाई कडा कारवाही गरिने जनाएको छ ।

सम्बन्धित अस्पतालहरुसित आफूले गरेको श्रमको उचित पारिश्रमिक माग गर्नसमेत मन्त्री थापाले सबै नर्सहरुलाई आग्रह गर्नु भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया