Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – विश्वको दोश्रो ठूलो जनसंख्या भएको देश भारत विश्वका जुनसुकै उत्पादक कम्पनीहरुका लागि पनि निकै महत्वपूर्ण बजार हो भन्नेमा दुईमत छैन । यहीँ तथ्यलाई मध्यनजर गर्दै टेक्नोलोजी ब्राण्ड नोकिया र ब्लाकबेरीले भारतीय बजारमा पुनः प्रवेशका लागि ठूलो लगानी खन्याउने भएका छन् ।

समाचार अनुसार भारतीय बजारमा धमाकेदार इन्ट्री गर्नका लागि नोकिया र ब्लाकबेरीले २-२ अर्ब भारु लगानी गर्ने योजना बनाएका छन् । आफ्ना नयाँ प्रडक्ट सहित भारतीय बजारमा प्रवेश गर्न लागेका यी दुबै कम्पनीले आफ्नो ब्राण्डको पूरानो याद भारतीय उपभोक्ताहरुमा पुनर्ताजगी गराउन चाहन्छन् ।

नोकिया ब्राण्डको लाइसेन्स प्राप्त फिनिस कम्पनी एचएमडी ग्लोबलले मे महिलाको अन्त्यसम्ममा आफ्नो आइकनिक फिचर फोन ३३१० लञ्च गर्नेछ भारतीय बजारमा । कम्पनीले यो मोडेलको सिमित संख्यामा मात्र फोन बेच्नेछ र यसलाई ब्राण्डमार्फत हलचल पैदा गर्ने रणनीतिका रुपमा उपयोग गर्नेछ । नोकियाले अन्य तिनवटा स्मार्टफोनका मोडल पनि लञ्च गर्न चाहेको छ ।

त्यस्तै भारतमा ब्लाकबेरी ब्राण्डको लाइसेन्स प्राप्त कम्पनी अप्टिमस ग्रुपले पनि ब्राण्डको रिलञ्चका लागि २ सय करोड भारु खर्च गर्नेछ । कम्पनीका अधिकारीका अनुसार ब्लाकबेरी ब्राण्डले सुरुमा व्यवसायिक ग्राहकहरुलाई लक्षित गर्नेछ र बजार विस्तार गर्नुअघि खुद्रा चेनहरुका लागि प्रडक्ट बेच्नेछ । ब्लाकबेरीले ४० हजार भारु भन्दा कम मूल्यको फोन आउँदो महिना लञ्च गर्नेछ भने जुलाई २० हजार भारु भन्दा कम मूल्यको स्मार्टफोन ब्लाकबेरीले ल्याउनेछ ।

नोकिया र ब्लाकबेरी यस्तो समयमा भारतमा पुनः प्रवेश गर्ने कोसिसमा छन् जतिबेला बजारमा सामसुङका साथै ओप्पो, शाओमी, लेनोभो, मोटोरोला तथा जिओनी जस्ता चाइनिज ब्राण्डको दबदबा रहेको छ । सामसुङ तथा चाइनिज ब्राण्डका स्मार्टफोनहरु समेत गरी भारतीय स्मार्टफोन बजारमा ७० प्रतिशत हिस्सा ओगटेका छन् ।

नोकियाले भारतीय बजारमा मार्केटिङ गर्दा आफ्नो प्रडक्टको मजबूती तथा टिकाउपनलाई मूख्य अस्त्र बनाउनेछ । जबकी ब्लाकबेरीको जोडचाहीँ स्मार्टफोन सेक्योरिटीमा रहनेछ । उता चाइनिज ब्राण्डहरुले चाहीँ बढ्दो सेल्फी क्रेजलाई क्यास गरिरहेका छन् । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया