Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बालाई व्यवस्थित गर्न ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका–२०७३’ जारी गरेको छ ।

हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीलाई व्यवस्थित गराउनका लागि विभागको अग्रसरतामा वन तथा भूसंरक्षण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका जारी गरिएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिनुभयो ।

यार्सागुम्बा पाइने संरक्षित क्षेत्रमा कञ्चनजङ्गा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र अपी नाम्पा वन्यजन्तु आरक्ष क्षेत्र रहेका छन् ।

निर्देशिकामा यार्सागुम्बा टिप्नका लागि संरक्षित क्षेत्रभित्रका जनतालाई रु पाँच सय, संरक्षित क्षेत्र बाहिरका सोही जिल्लाका व्यक्तिलाई रु एक हजार र जिल्ला बाहिरकालाई रु दुई हजार राजस्व तिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

जेठको दोस्रो हप्तादेखि असार मसान्तसम्म पाइने यार्सागुम्बा टिप्नका लागि १६ वर्ष नाघेका व्यक्तिलाई मात्र स्वीकृति दिइएको छ भने सङ्कलन भएको यार्सागुम्बा बिक्री–वितरणका लागि सम्बन्धित कार्यालयको अनुमति लिनुपर्ने निर्देशिकामा जनाइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया