Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

सास प्राय: सबैको गन्हाउँछ, बेला–कुबेला । तर, बढी मात्रामा फास्ट फुड खानेहरूको चाहिँ जति बेलै गन्हाउँछ सास । ‘जर्नल अफ नेचुरल साइन्सेज, बायोलजी एन्ड मेडिसिन’ मा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ ।

मानौँ, तपाईं बर्गर खानुहुन्छ भने, त्यसमा प्रयोग हुने प्याजले तपाईंको सास गन्हाउने होइन । बर्गरमा हुने आर्द्रता र राखिने तारिएका वस्तुहरूका कारण मुखमा दुर्गन्ध उत्पन्न हुन्छ । बर्गर खाँदा हाम्रो शरीरमा यस्तो प्रतिक्रिया हुन्छ, सामुन्ने पर्ने व्यक्ति पछुताउन थाल्छ ।

फ्राइज वा प्याटी तार्न जुन तेलको उपयोग हुन्छ, त्यसले पनि मानिसको पाचक तत्त्वसँग मिलेर सासलाई दुर्गन्धित बनाउने गर्छ ।

अध्ययनअनुसार, सातामा कम्तीमा तीन/चार पटक फास्ट फुड खाने युवायुवतीमा सास गन्हाउने समस्या बढी हुन्छ । कहिलेकाहीं मात्र फास्ट फुड खानेहरूमा चाहिँ यही एउटा कारणले यस्तो समस्या नहुन पनि सक्छ ।

फास्ट फुड बनाउन उपयोग गरिने तेलले गर्दा एसिडिटी बढ्ने जोखिम पनि हुन्छ । एसिडिटीका कारणले ग्यास्ट्रिक हुने र सास गन्हाउने पनि हुन्छ ।

सोडा र रातो प्रोसेस्ड मासुले स्तन क्यान्सरको जोखिम’
एउटा अनुसन्धानअनुसार सफ्ट ड्रिंक्स, प्रोसेस्ड मासु बढी खाने र हरियो सागसब्जी कम खाने किशोरीहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।

यो अनुसन्धान ‘इपिडिमियोलजी, बायोमार्कर्स एण्ड प्रिभेन्सन’ मा प्रकाशित भएको छ । यो अनुसन्धानअन्तर्गत हाई स्कुलमा आफ्नो खानपानबारे भोजनसँग जोडिएको बानीलाई लिएर एउटा प्रश्नावली भरेका ४५ हजार २ सय ४ जना महिलाको तथ्यांक संकलन गरियो । अनुसन्धानमा संलग्न महिलाहरूको उमेर ३३–५२ वर्षबीच थियो ।

अध्ययनकर्ताअनुसार, स्तन क्यान्सर हुन थुप्रै वर्ष लाग्ने भएकाले कुनै महिलाको जीवनको प्रारम्भिक वर्षमा खानपानको स्तरले क्यान्सरको जोखिम बढाउन सक्छ कि सक्दैन भन्ने थाहा पाउन यो अनुसन्धान गरिएको थियो ।

यसपछि प्रत्येक चार वर्षमा उनीहरूको यस्तैखाले मूल्यांकनलाई जारी राखियो । २२ वर्षसम्म यस्तो गरिएपछि के पाइयो भने, जुन ८ सय ७० महिलाले यो प्रश्नावलीलाई भरेका थिए, उनीहरूलाई रजश्वला बन्द हुनुभन्दा अघि स्तन क्यान्सर भयो । यस्तै, थप ४ सय ९० महिलालाई रजनोवृत्तिपछि स्तन क्यान्सर भयो ।

अध्ययनअनुसार, कम मात्रामा सागसब्जी सेवन र सफ्ट ड्रिंक्स, रिफाइन्ड चिनी र कार्बोहाइड्रेट, प्रोसेस्ड मासु सेवनको सम्बन्ध शारीरिक अंगको सुन्नाइसँग हुन्छ ।

अध्ययन परिणामअनुसार, किशोरावस्थाको समयमा यस्तोखाले खानपानले लामो समयसम्म स्तनको छाला सुन्निन सक्छ । यसले रजश्वला बन्द हुनुभन्दा अघि महिलामा स्तन क्यान्सर हुने खतरा बढाउँछ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया