Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौँ बैठकमा बोल्दै प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले नेपाली जनतालाई स्वास्थ्यमा पहुँच पुर्याउन नयाँ आयामबाट काम अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयास भएको छ । स्वास्थ्यमन्त्रीको सक्रियताले स्वास्थ्य क्षेत्रमा केही नयाँ काम गर्न सकिएको हो । पछिल्लो समय स्वास्थ्य विज्ञान प्रतिष्ठानले गति लिन थालेका छन् । स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल र समन्वय गरी प्रतिष्ठानका समस्या हल गर्नुपर्छ ।” उहाँले प्रतिष्ठानका पदाधिकारीलाई रचनात्मक र जवाफदेही भएर अनुसन्धानका क्षेत्रमा पनि काम गर्न आग्रह गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने सङ्कल्पका लागि आग्रह गर्नुभयो ।

सभामा बोल्दै स्वास्थ्यमन्त्री एवम् प्रतिष्ठानका सहकुलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यावहारिक काम गर्न लागिपरेको उल्लेख गर्नुभयो । उहाँले प्रतिष्ठानले उठाएका विषयमा मन्त्रालयले छलफल गरी अघि बढ्ने बताउनुभयो ।

“प्रतिष्ठानको केही नियमावलीमा संशोधन गर्नुपर्ने विषय उठेको छ । यसका लागि मन्त्रालयले समिति बनाएर तत्काल काम गर्नेछ ।” सभामा प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा १४ वटा प्रस्ताव छलफल र निर्णयका लागि प्रस्तुत गरिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया