Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – दोस्रो किस्ताका लागि सम्झौता भएर पनि भूकम्पपीडितले राहत रकम पाउन सकेका छैनन् । स्थानीय तहमा कर्माचारीको व्यवस्थापनको अभावकै कारण भूकम्पपीडितले रकम पाउन नसकेका हुन् ।

गत २०७३ फागुन २८ गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट दोस्रो किस्ताका लागि सम्झौता भए पनि अहिलेसम्म राहत रकम पाउन नसकेको गुनासो

साविक रबिओपी गाविस हाल धुलिखेल नगरपालिकाकी स्थानीय कल्पना कोइरालाले पोख्नुभयो । “घर बनाउन त ऋण गरेर सुरु गरियो तर अहिले दोस्रो किस्ताबापतको रकम नपाउँदा ब्याज बुझाउन निकै गाह्रो भएको छ” – उहाँले भन्नुभयो ।

कोइरालाले पहिलो किस्ता पाउनेबित्तिकै ऋण गरेर घर बनाउन सुरु गर्नुभएको थियो । अहिले दोस्रो किस्ताको रकम नपाउँदा उहाँ निकै समस्यामा हुनुहुन्छ । उहाँले सरकारले ऋण उपलब्ध गराउने घोषणा नगरेको भए आफूहरुले आफ्नै किसिमबाट काम गर्ने आक्रोशसमेत पोख्नुभयो । कोइरालाजस्तै त्यहाँका अन्य भूकम्पपीडित पनि दोस्रो किस्ता उपलब्ध नहुँदा निकै समस्यामा छन् ।

दोस्रो किस्ता नपाएकै कारण निर्माण सामग्री किन्न र ज्यामीलाई ज्याला उपलब्ध गराउन कठिन भएको स्थानीयवासी सुदीप कोइरालाले बताउनुभयो । तत्काल राहत उपलब्ध भए घर बनाएर छाप्रोबाट घरमा सर्न पाउने उहाँको भनाइ छ । घरमा बस्न नपाउँदा हावाहुरी र झरीले समस्या पर्ने गरेको उहाँले गुनासो गर्नुभयो । सरकारले तत्काल रकम उपलब्ध गराउने भन्ने आश्वासन देखाए पनि हालसम्म उपलब्ध नभएको आक्रोश त्यहाँका स्थानीयवासीले पोखेका छन् । त्यहाँका कतिपय स्थानीयवासीले पहिलो किस्ताबाट आएको रकमले घडेरी खारे पनि रकमकै अभावका कारण काम सुरु गर्न सकेका छैनन् ।

सरकारले उपलब्ध गराउने भनेको रु तीन लाख रकम एकमुष्ट पाएको भए घर बनाउने स्थानीयवासी तारा पराजुलीले बताउनुभयो । काभ्रेका विभिन्न नगरपालिका र गाउँपालिकामा कर्मचारीको व्यवस्थापन हुनेबित्तिकै राहत वितरणको काम सुरु गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेका प्रमुख धु्रव गैँडाले बताउनुभयो । दोस्रो किस्ताको लागि रकम जिल्लामा आइसकेको र कर्माचारीको व्यवस्थापन हुनेबित्तिकै पीडितलाई रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया