Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – साहित्यकार गुरुङ रामप्रकाश ‘समथिंग’ले लेख्नुभएका २२ वटा कृतिको शनिवार एकसाथ संयुक्तरुपमा विमोचन गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पाँचथर स्रष्टा मञ्चको आयोजनामा शनिवार यहाँ भएको कार्यक्रममा साहित्यकार वासुदेव त्रिपाठी, डा गोविन्दराज भट्टराई, डा तुलसी भट्टराई, डा राजेन्द्र सुवेदीलगायतले २२ वटा औपन्यासिक कृतिको संयुक्तरुपमा विमोचन गर्नुभएको थियो ।

कृति लोकार्पण गर्दै साहित्यकार त्रिपाठीले एकैसाथ २२ वटा कृति प्रकाशन गरेर लेखकले नेपालको साहित्य क्षेत्रमा ऐतिहासिक योगदान पु¥याएको बताउनुभयो । उहाँले कृतिहरु सामाजिक परिवेशमा लेखिएकाले समाजका लागि प्रेरणादायी हुने धारणा राख्नुभयो ।

कृतिमाथि समीक्षा गर्दै डा गोविन्दराज भट्टराईले लेखकले कसैले पनि गर्न नसकेको कार्य गरेको भन्दै उहाँले नेपाली साहित्यमा छुट्टै पहिचान बनाउन सकेको धारणा राख्नुभयो । उहाँले कृतिमा मानिस समाजमा कसरी घुलमिल हुन सक्छ भन्ने कुरा दर्शाइएको बताउनुभयो ।

कार्यक्रममा लेखकले कृतिहरु गाउँको परिवेशलाई आधार बनाएर सामाजिक र राजनीतिक विषयमा लेखिएको जानकारी गराउनुभयो । उहाँले कृतिहरु अघिल्लो पुस्ताका मानिसले गरेका राम्रा काम पछिल्लो पुस्तालाई सिकाउन ऐतिहासिक दस्तावेज हुने उल्लेख गर्नुभयो । उहाँले छ महिनाको समयमा ती २२ कृति लेख्नुभएको थियो । एउटा कृतिलाई सातदेखि १२ दिनसम्मको समयमा लेखिएको उहाँले जानकारी गराउनुभयो ।

‘भ्रष्टाचारको कमाल’, ‘सौतेनी आमा’, ‘धनीरामको दसैँ’, ‘बेसहरा’, ‘दुर्दशा’, ‘जनयुद्धको उपहार’, ‘जवानीको ज्वालामुखी’, ‘जँड्याहाकी स्वास्नी’, ‘महलदेखि सडकसम्म’, ‘विचरा १ जङ्गे कमरेड’जस्ता कृति रहेका छन् ।

यसैगरी, सोही कार्यक्रममा सहिद रत्नकुमार वान्तवा वाङ्मय पुरस्कार–२०७३ बाट साहित्यकार तथा पत्रकार सचित राईलाई पुरस्कृत गरिएको छ । रत्नकुमार वान्तवाबारे खोज, अनुसन्धान गरेबापत आँखा विकास पत्रिकाले राईलाई प्रदान गरेको नगद रु पाँच हजार पाँच सहित डा गोविन्दराज भट्टराईले पुरस्कृत गर्नुभएको हो ।

राईले ‘माङ्खिम’ कृतिमा वान्तवाको जीवनीबारे खोजअनुन्धानमूलक सामग्री लेख्नुभएको थियो ।  डा गोविन्दराज भट्टराईले ओझेलमा परेका वान्तवाका बारेमा खोज अनुसन्धान गरेर आफ्नो कृतिमा राईले सबैलाई सुसूचित गरेको बताउनुभयो ।

राईले वान्तवाले नेपालको राजनीतिक आन्दोलनमा खेलेको भूमिकाबारे आफ्नो कृतिमा उल्लेख गरेका थिए

तपाईको प्रतिक्रिया