Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

एडिडास कम्पनीको स्थापना ९२ वर्ष पहिले अर्थात् सन् १९२४ मा भएको हो । तर ११ सय वर्ष पहिले मरेकी एक महिलाको खुट्टामा समेत ‘एडिडास जुत्ता’ फेला परेपछि त्यसले तहल्का मच्चाएको छ ।


मंगोलियामा ११ सय वर्ष पहिले मृत्यु भएकी एक महिलाको शव अर्थात् ममी फेला परेको छ । उक्त ममीको सरीरमा यस्ता केही चिजहरु फेला परेका छन् जुन देखेर वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् र ती चिजहरुले सोच्न बाध्य पारेका छन् ।

उक्त मानव अवशेषको खुट्टामा वैज्ञानिकहरुले एडिडास कम्पनीले उत्पादन गर्ने जस्तै मोडेलका जुत्ता लगाएको फेला पारे । ११ सय वर्ष प्हिले मरेको मानिसको खुट्टामा अहिले एडिडास कम्पनीले बनाउने जस्तै जुत्ता भेटिएपछि सबै छक्क नपर्ने कुरै भएन ।

वास्तवमा उक्त मानव अवशेषको खुट्टामा भेटिएका रातो–कालो रंगका बुट जुत्ता सुरुमा झ्वाट्ट हेर्दा अहिलेका एडिडास जुत्ताको एउटा मोडेल जस्तै देखिन्छ दुरुस्तै । यसबाट अहिलेका एडिडास कम्पनीले बनाउने अत्याधुनिक जुत्ताहरुका मोडेल त ११ सय वर्षअघि नै मानिसहरुले लगाउने गर्दा रहेछन् भन्ने देखिन्छ ।

मंगोलियाको अटलई पहाडमा भेटिएको उक्त अवशेष सँग अन्य केही चिजहरु पनि फेला परे । वैज्ञानिकहरुका अनुसार ती महिलालाई धारिलो वस्तुले टाउकोमा हानेर हत्या गरिएको र उनलाई प्रहार गरिएको चक्कु तथा उनले प्रयोग गर्ने अन्य वस्तु सहित गाडिएको रहेछ । महिलाको अवेशषसँगै गाडिएका चक्कु, काइँयो, शिशा आदि दुरुस्तै छन् । चक्कुमा त खिया पनि लागेको छैन ।

हत्या भएको समयमा ती महिलाको उमेर ३०–४० वर्षको रहेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया