Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

अनुहारको छालाले व्यक्तिको सम्पूर्ण सौन्दर्यलाई सार्वजनिक गरिरहेको हुन्छ ।

शरीर जतिसुकै मिलेको होस्, कपाल स्टाइलिस होस्, कन्फिडेन्ट होस्, तर अनुहारको छालाको सौन्दर्य कमजोर छ भने सबै राम्रा पाटा ओझेलमा पर्छन् । नियमित सामान्य केही कुरामा ध्यान दिने हो भने छालाको सौन्दर्य कायम गर्न सकिन्छ:

१ अनुहार नियमित धुनुहोस् । मेकअप सफा गरेपछि अनुहार धुने बानी अनिवार्य बसाल्नुहोस् । बिहान या बेलुका व्यायामपछि पनि अनुहार धुनुहोस् ।

 

२ डन्डिफोर आएको छ भने निचोर्ने तथा फुटाउने नगर्नुहोस् । डन्डिफोर फुटाउँदा अनुहारमा पीडा हुनुका साथै अझै धेरै डन्डिफोर आउँछ ।

 

३ पटक–पटक अनुहार नछुनुहोस् । अनुहार धेरै छुँदा हातको फोहोर या तेल अनुहारमा लाग्छ । अनुहारको रौँका प्वालमा फोहोर जम्ने र संक्रमण हुन्छ ।

 

४ अनुहारमा नियमित टोनर प्रयोग गर्नुहोस् । तर, छालाअनुसार उपयुक्त टोनर आवश्यक पर्छ । टोनरले डन्डिफोर, दाग–धब्बाको समस्या कम गर्न तथा छाला सफा राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

 

५ अनुहारमा स्क्रब गर्नुहोस् । स्क्रबले डेड सेल हटाउँछ र छाला चमकदार बनाउँछ । हप्तामा एकपटक स्क्रब गर्नु उपयुक्त हुन्छ । स्क्रब गरेपछि फेसियल, ब्लिचिंग आवश्यक नपर्न सक्छ । तर, धेरै स्क्रब भने नगर्नुहोस् । प्राकृतिक तेल बढी खेर जाँँदा छालालाई झन् बेफाइदा गर्छ । समय–समयमा स्किनको ट्रिटमेन्ट पनि गर्नुहोस् ।

 

६ छाला नराम्रो हुने, डन्डिफोर आउने मुख्य कारणमा तनाब पनि पर्छ । त्यसैले तनाबमुक्त रहनुहोस् । तनाबमुक्त हुन विभिन्न उपाय अपनाउन सकिन्छ । योग, ध्यान गर्ने तथा संगीत सुन्ने गर्दा पनि तनाबमुक्त भइन्छ ।

 

७ छालालाई सूर्यको किरणबाट बचाउनुहोस् । घरबाहिर निस्किनुअघि एसपिएफ ३० भन्दा बढीको क्रिम प्रयोग गर्नुहोस् ।

 

८ आफूलाई उपयुक्त प्रोडक्ट मात्रै प्रयोग गर्नुहोस् । साइड इफेक्ट हुने प्रोडक्ट प्रयोग नगर्नुहोस् । स्किन प्रोफेसनलको परामर्शमा प्रोडक्टहरू प्रयोग गर्नु राम्रो हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया