Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९० करोडमा दुई वटा वाईड बडी जहाज’ खरिदका लागि सम्झौता गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले युरोपियन सङ्घलाई नेपालमा जग्गा खरिदका लागि अनुमति दिने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

बैठकले महोत्तरीको बर्दिवास नगरपालिकास्थित मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लाग्ने जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले महिला बालबालिका दिवा सेवा स्याहार केन्द्रको म्याद थप गर्ने, खेलकुद मन्त्रीको विदेश भ्रमण स्वीकृति गर्ने, सेनाका प्रधानसेनापतिसहितको भ्रमण दललाई अमेरिका भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

विभिन्न ठाउँका वनको रुख काट्न अनुमति दिने, शिक्षा मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा आधारित प्रणाली लागू गर्ने निर्णय समेत बैठकले गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बिपी र पुष्पलाल पार्क निर्माण गरिने

बैठकले नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा सङ्ग्रहालय र पार्क बनाउने तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थल रामेछापमा पार्क निर्माण गर्ने निर्णय गरेको छ ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफ्नो मन्त्रालयको प्रस्तावअनुसार तत्कालका लागि ती दुई स्थानमा पार्कको काम अघि बढाउन रु ५०÷५० लाख छुट्याउने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया