Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

बैतडी – उपक्षेत्रीय अस्पताल डडेल्धुराका डाक्टरले स्वास्थ्य सेवामा लापरवाही गर्ने गरेको बिरामीले बताएका छन् ।

बैतडीकी एक महिलाको पाठेघरको ट्यूमरको शल्यक्रिया गर्दा पाठेघरमै कपडाको टुक्रा छोडिएको भेटिएपछि बिरामीको आरोप प्रमाणित भएको छ ।

बैतडीको सिद्धपुरकी ३८ वर्षकी प्रतिभा भट्टको पाठेघरको ट्यूमरको शल्यक्रिया गर्दा उपक्षेत्रीय अस्पताल डडेल्धुराका डाक्टरले पाठेघरमै कपडाको चार टुक्रा छोडेको बिरामी भट्टका श्रीमान कमलापति भट्टले बताउनुभयो ।

गएको चैत १२ गते भट्टको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा कार्यरत डा. नवराज जोशीले शल्यक्रिया गर्नुभएको थियो । शल्यक्रिया गरेको दुई÷तीन दिनमै बेस्सरी पेट दुख्ने, पेट फुल्ने, बेहोस हुने भएपछि फेरि जाँचका लागि उपक्षेत्रीय अस्पतालमा जाँदा सामान्य रहेको बताएको र दुखाई कम गर्ने सुई लगाएको उहाँले बताउनुभयो ।

पेटको दुखाई बढ्दै गएपछि बिरामीलाई कोहलपुर शिक्षण अस्पतालमा जाँच गराउँदा पाठेघरमै चार टुक्रा कपडा भेटिएको हो । कोहलपुर शिक्षण अस्पतालमा दोस्रो पटक शल्यक्रिया गरेर कपडाका टुक्रा झिकिएको र उपक्षेत्रीय अस्पतालका डाक्टरले गरेको गम्भीर त्रुटी फेला परेको भट्टले बताउनुभयो ।

अहिले बिरामी भट्टको अवस्था सामान्य रहेको छ । डाक्टरको चरम लापरवाहीले ठूलो समस्या निम्त्याएको भन्दै बिरामीका परिवार आक्रोशित भएका छन् । उनीहरुले लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्न माग गरेका छन् । यस्तै क्षतिपूर्तिको माग पनि गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया