Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएका खेलहरुमा स्पेनका रियाल मड्रिड र एथ्लेटिको मड्रिड तथा फ्रान्सको मोनाको विजयी भएका छन् ।
जर्मनीमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा घरेलु टोली बायर्न म्युनिखलाई स्पेनको रियाल मड्रिडले २-१ ले हरायो । खेलमा रियाल मड्रिडका क्रिष्चियानो रोनाल्डोले दुई गोल गरेका थिए । बायर्नका अर्टुरो भिडालले पहिलो गोल गरेपनि यसपछि पाएको पेनाल्टी अवसर खेर फालेका थिए ।
च्याम्पियन्स लिग क्वाटरफाईनल पहिलो लेगकै खेलमा अर्को स्पेनिस क्लव एथ्लेटिको मड्रिडले इंग्लण्डको लेष्टर सिटीलाई १-० ले हरायो । स्पेनको मड्रिडमा भएको खेलमा एथ्लेटिकोलाई विजयी गराउन एन्टोईन ग्रेजम्यानले निर्णायक गोल गरे ।
यसअघि राती नैं भएको पहिलो खेलमा फ्रान्सको मोनाकोले जर्मनीको बोरुसिया डर्टमण्डलाई उसैको मैदानमा ३-२ ले हराएको थियो । खेलमा पाहुना टोली मोनाकोलाई विजयी गराउन किलियन एम्बापेले दुई गोल गरे । डर्टमण्डका स्वेन बेन्डरले एक आत्माघाति गोल गरेका थिए ।
घरेलु टोली डर्टमण्डका लागि भने ओस्मान डेम्बेले र शिन्जी कागावाले एक एक गोल फर्काएका थिए । जर्मन क्लव बोरुसीया डर्टमण्डको टिम बसमाथि मंगलबार राती विष्फोटक पदार्थबाट हमला भएपछि स्थगित गरिएको खेल बुधबार राती सम्पन्न भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया