Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

गत सोमवार टोकियोको शिनओकुबो स्थित एक हलमा सम्पन्न पत्रकार महासंघ जापान शाखाको तेस्रो अधिवेशनबाट पत्रकार महासंघ जापान शाखाले नयाँ नेतृत्व पाएको छ । चुनावी प्रक्रियाबाट मोहन घलेको नेतृत्वमा बनेको बहुमतिय प्यानलले जित हात पार्दा संस्थापन पक्ष कमजोर देखिन पुग्यो ।

नयाँ नेतृत्वको लागि चुनावमा होमिएको संस्थापन पक्षले प्रचारप्रचारमा गर्न नसकेको अग्रसरताको फाईदा उठाउँदै पूर्व गठित भातृ संगठनले आफ्नो पक्षमा पर्दै पत्रकारलाई हातमा लिन सफल भएको प्रष्ट देखियो ।

संस्थाको आफ्नै कुनै पनि कार्यक्रममा नेतृत्व पक्ष आफै अग्रसर भएर काम गर्नुपर्ने टिम सक्रिय नहुने संघ भित्रको हिजोको बाध्यता अब दोहरिन्छ वा दोहरिदैन त्यो आज महासंघ हाँक्न आएका नयाँ नेतृत्वका सम्पूर्ण टिमले बुझ्नुपर्ने देखिन्छ ।

पदमा बस्न जसोपनि गर्न तयार हुने र भोली संस्थालाई समय नदिने हिजोको रोग अब हराउनु जरुरत छ । पदको पदियता र त्यसको जिम्मेवारीताबाट भाग्नेहरु यस महासंघमा कमि छैन । यस कुरा नयाँले बुझ्नु संस्थालाई सहि तरिकाले अगाडि बढाउनका लागि आजको आवश्यकता हो भन्दा फरक नपर्ला ।

अधिवेशनमा सहमति नमिल्दा लोकतान्त्रिक पद्दतिमा लाग्नु पर्ने भएपछि देखिएको रंगभेदको खेलले नयाँ नेतृत्वमा भोली कठिनबाटो हिड्नुपर्ने देखिएको छ । नयाँ गाडीले लोड त सजिलै बोक्छ तर गन्तव्य सम्म पुराउँछ वा पुराउँदैन त्यो डाईभरमा भर पर्छ त्यति नै खलासिको पनि भूमिका रहन्छ ।

कुनै पनि महासंघको नेतृत्वमा आउनेले सपना त बाँडेकै हुन्छ । यहाँ पनि यस्तै भो । तर सपना सपना मै सिमित रहने हाम्रो प्रचलन भत्किन्छ कि भत्किदैन त्यो हेर्न बाँकी नै छ ।

नयाँ टिमले बोकेको एउटा मात्रै महत्वकांक्षा रहेको छ । त्यो सफल गराउँन टिम नै अग्रसर भई पुरा गरेमा यस संघको नयाँ धारको विजारोपण हुनेछ र विरोधी पक्ष भन्दा सक्षम साबित ठहरिने छ ।

त्यस २०० मान यनको अक्षयकोष निमार्ण हाम्रो यो सानो समाजमा सजिलो भने छैन तर टिम नै अग्रसर रहेमा नहुने भन्ने छैन् । नयाँ टिमको रणनीति आउन बाँकी रहेको यस समयमा धेरै बोल्न नमिले पनि आशा राख्न भने सकिन्छ । हामी आफै राष्ट्रको जिम्मेवार नागरिकको हैसियतमा रहेको कुरा पटक पटक गर्दै आएका छौं ।

चौथों अगंको प्रसंग नदोहोरिएका होईनन् । तर पनि आफू र आफ्नो घर भित्र मिल्न नसक्दा भोली अन्य संस्थाको जिम्मेवारी कसरी लिने भन्ने गम्भिर प्रश्न खडा भएको छ । महासंघ स्थापना भएको धेरै भएको छैन । यस छोटो समयमा संस्था यसरी धारमा बाँडिन पुग्दा जापानमा रहेका अन्य संघसंस्था र नेपाली समाजमा राम्रो सन्देश जान सकेन । अधिवेशनमा उपस्थित पाहुनाले नै खुल्लासँग यस्तो कार्यको विरोध गरिसकेको त्यहाँ उपस्थित हामी सबैले सुनिसकेका छौ ।

यस्तो घडीमा गठित नयाँ कार्यसमितीले आफ्नो पहिलो बैठकमा संस्थापन पक्ष र विरोधी समूहलाई मिलाएर कसरी लाने निर्णय गर्छ त्यसबाट नै टिमको क्षमता र सक्षमता उजागर हुने कुरामा दुई मत नरला ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया