Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुने भएको छ ।

नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा २०७४ साल वैशाख १ गते सो सम्मेलन हुन लागेको हो ।

अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रमुख अतिथि मिग्युल मङ्गलबार काठमाडाैँ आइपुग्नुभएको नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घका केन्द्रीय अध्यक्ष डिबी रानापालले जानकारी दिनुभयो । मिग्युलसँगै विभिन्न देशका १७ जना प्रतिनिधि काठमाडाँै आइपुगेका र अन्य प्रतिनिधि आउने क्रम जारी रहेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत विभिन्न देशका प्रतिनिधिले भाग लिनेभएका छन् । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको रानापालले बताउनुभयो । सोलुखुम्बुलाई खेलकुदका क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउन सो सम्मेलन पत्तालेमा आयोजना गरिएको र सम्मेलनले खेलसँगै नेपाली पर्यटनमा सकारात्मक सहयोग पु¥याउने विश्वास रानापालले व्यक्त गर्नुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य उच्च हिमशृङ्खलाको दृश्यावलोकनका साथमा हिमाली रहनसहन, संस्कृतिका बारेमा बुझ्न र बुझाउनसमेत सम्मेलनबाट सहयोग पुग्ने रानापालले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया