Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेरडेभिल्सलाई १५ रनले हराएको छ ।

बैंग्लोरमा भएको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाउन सक्यो । ऋषव पन्तले ५७ रन बनाए पनि अरुले गतिलो ब्याटिङ्ग गर्न नसक्दा जाहिर खान नेतृत्वको दिल्ली पराजित भयो ।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि केदार जाधवले ६९ रन बनाए ।

विराट कोहली र एभिडि भिलियर्स नखेलेको बैंग्लोरका लागि क्रिस गेल र शेन वाट्सनले पनि राम्रो प्रदर्शन गर्न सकेनन् ।

तर जाधवले ३७ बलमा ५ छक्का र ५ चौका प्रहार गर्दै टिमको स्कोर उकासेका थिए । बैंग्लोरको यो आइपिएलमा पहिलो जित हो । उद्घाटन खेलमा साबिक विजेता सनराइजर्स हैदरावादले बैंग्लोरलाई हराएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया