Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

इलाम – झापा ११ ले तेस्रो माइभ्याली गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा विभागीय टिम नेपाल आर्मीलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापा ११ ले उपाधि उचालेको हो ।

निर्धारित र त्यसपछि थपिएको अतिरिक्त सयममा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । झापाले उपाधिसहित ४ लाख रुपैयाँ पाएको छ । उपविजेता नेपाल आर्मीले भने साढे २ लाख रुपैयाँ पाएको छ । झापा ११ ले गएको वर्ष पनि उपाधि जितेको थियो । आर्मीले नेपाल पुलिस क्लब र झापाले एपिएफलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

झापाले यस वर्ष काँकडभिट्टा गोल्डकपको उपाधि पनि जितेको थियो । आर्मीले यसवर्ष सिमरा गोल्डकप, दुहवी गोल्डकप र हेटौंडा गोल्डकप जिते पनि माइभ्याली गोल्डकपमा भने जित निकाल्न सकेन । आर्मीले यस सिजनमा आहा गोल्डकपको क्वाटरफाइनलमा झापालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया