Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

पाकिस्तान – पाकिस्तानका ब्याट्सम्यान युनुस खानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । वेष्ट इन्डिजसँगको तीन टेस्टको श्रृँखलापछि सन्यास लिने घोषणा गरेका हुन् ।

पाकिस्तान र वेष्ट इन्डिजबिचको श्रृँखला आउने अप्रिल २२ देखि सुरु हुनेछ । ३९ वर्षका खान टेस्ट क्रिकेटमा पाकिस्तानका धेरै रन बनाउने खेलाडी हुन् । सन् २००० मा डेब्यु गरेको उनले एक सय १५ टेस्ट क्रिकेटमा अहिलेसम्म ९ हजार ९ सय ७७ रन बनाएका छन् । यसक्रमा ३४ शतक प्रहार गरेका उनको औषत रन ५३.०३ छ । उनले अहिलेसम्म एकै खेलमा बनाएको सर्वाधिक रन ३१३ हो ।

आफूले सोचेर सन्यासको घोषणा गरेको र यो नै आफ्ना लागि सन्यास लिने उपयुक्त समय लागेको उनले बताए । उनी पाकिस्तानको टेस्ट, एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी  टिमका पूर्व कप्तान पनि हुने । उनले आफ्नो कप्तानीमा पाकिस्तानलाई सन् २००९ मा ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधि दिलाएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया