Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – स्वास्थ्य मन्त्रालयले काठमाडौँ महानगरपालिकामा जनता स्वास्थ्य केन्द्र (स्वास्थ्य प्रर्वद्वन केन्द्र) खोल्न काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य परामर्श, आधारभुत स्वास्थ्य सेवा र प्राथमिक उपचार सेवाको एकीकृत प्याकेज पुर्याउन सरकारले प्रर्वद्वन खोल्न लागेको हो ।
स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा महानगर प्रमुख एवम् कार्यकारी अधिकृत इश्वरराज पौडेल र स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

मन्त्रालय र महानगरपालिकाको साझेदारीमा पहिलो चरणमा महानगरपालिकाका ११ वटा वडामा सुरु हुन लागको हो । यो सेवा आगामी ३ बर्षभित्रमा सबै वडामा विस्तार गरिसक्ने योजना मन्त्रालयले बनाएको छ ।

जनता स्वास्थ्य केन्द्रवाट नसर्ने रोगको नियन्त्रण, स्वास्थ जीवनका लागि वातावरणको नियमित अनुगमन, सरुवा रोगको रोकथाम र उपचार, प्राथमिक उपचार, ल्याव परीक्षण, मातृशिशु स्वास्थ्य एवं परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, खोप, पोषण, बालरोगको एकिकृत व्यवस्थापन, मानसिक रोगको परामर्श सेवा, यौन तथा प्रजनन परामर्श सेवा, वृद्धवृद्धाहरूका लागि परामर्श सेवा लगायतका परामर्श, परीक्षण र उपचार सेवा प्रदान गरिने छ ।

चावहिल, मैतिदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क, मित्रनगर, डल्लु आवास, वालाजु, बाफलमा स्वास्थ्य केन्द्र खोल्ने तयारी भएको र चावहिल, कुलेश्वर लगायतका स्थानमा एक हप्ता भित्रमा सुरु गरिसक्ने बताउनु भयो ।
केन्द्रवाट योग तथा शारीरिक व्यायामका कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

तपाईको प्रतिक्रिया