Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं– विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपाल १७० औं स्थानमा स्थिर छ । फेब्रुअरीको वरियतामा १७० औं स्थानमा पुगेको नेपालले मार्चमा पनि यसलाई निरन्तरता दिएको हो । भारतले भने फिफा बरियता पुनः छलाङ मारेको छ ।  ३३ स्थान माथि उक्लिएको भारत १०१ औं स्थानमा छ । गतमहिना पनि वरियता क्रममा उल्लेख्य सुधार गर्दै भारत १३४ औं स्थानमा आइपुगेको हो ।

भुटानले पनि वरियता क्रममा सुधार ल्याउँदै नेपाललाई पछि पारेको छ । १३ स्थान माथि उक्लिएको भुटान १६४ औं स्थानमा छ । अफगानिस्तान तीन स्थान उक्लिँदै १५३ औं स्थानमा पुगेको छ । ११ स्थान तल झर्दा पनि माल्दिभ्स १५१औं स्थानमा छ ।  दक्षिण एसियाली मुलुकमध्ये नेपालभन्दा माथि भुटान, अफागानिस्तान, मालदिभ्स र भारत छन् । बंग्लादेश, पाकिस्तान र श्रीलंका नेपाल भन्दा पछाडि छन्। बंग्लादेश १९३ र श्रीलंका १९७औं स्थानमा छन् ।

पाकिस्तान भने २०१ औं नम्बरमा पुगेको छ । ब्राजिल सात वर्षपछि विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको छ । त्यस्तै अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा रहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया