Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

कपडा महँगो हुँदैमा जरुरी हुँदैन कि यसले तपाईंको पर्सनालिटी कायम राखोस् । सस्तै भए पनि शरीरसुहाउँदो ड्रेसअप भएमा त्यसले पर्सनालिटी मजबुत बनाउँछ । त्यसैले महँगो कपडाको सट्टा शरीरसुहाउँदो पहिरन छनोट गर्नु बुद्धिमानी हुन्छ ।

शारीरिक बनावट केही मोटो तथा पातलो छ भने यस्ता व्यक्तिले पहिरनमा विशेष ख्याल राख्नुपर्छ । किनभने, पहिरनकै कारण कुनै व्यक्ति थप मोटो देखिन्छ भने कुनै झन् पातलो । आफ्नो लागि कपडा छनोट गर्दा अपनाउनुपर्ने महत्वपूर्ण टिप्सबारे फेसन डिजाइनर टंका दाहालका सुझाब यस्ता छन्:

कम्मर पातलो देखाउन चाहनेले अप द टप ड्रेस लगाउनु राम्रो हुन्छ । यस्तो ड्रेसले शरीरलाई वास्तविकताभन्दा केही पातलो देखाउँछ । शरीरलाई स्लिम देखाउन कालो तथा कुनै गाढा रङ भएको पहिरन छनोट गर्नु लाभदायक हुन्छ । यो ड्रेसको यस्तै विशेषताका कारण धेरैले पार्टी तथा विशेष कार्यक्रममा जाँदा ब्ल्याक ड्रेस लगाउने गर्छन् ।

सकेसम्म पार्टीमा जाँदा तलदेखि माथिसम्मका ड्रेसअप उस्तै रङको लगाउनु राम्रो हुन्छ । यसले स्मार्टनेस देखाउनुका साथै शरीरलाई स्लिम पनि बनाउँछ ।

पार्टी या औपचारिक कार्यक्रममा जाँदा प्रयोग गरिने ड्रेसअपको बुट्टा सकेसम्म ठूलो प्रिन्ट भएको प्रयोग गर्नु हुँदैन ।

ड्रेसअपको लुक्स पर्फेक्ट देखाउन तथा सजिलो बनाउन अन्डर गार्मेन्टको महत्वपूर्ण  भूमिका हुन्छ । त्यसैले सही साइज र आरामदायी कपडा छनोट गर्नुपर्छ ।

विशेष कार्यक्रममा ज्यादै छोटो कपडा नलगाउनु नै उपयुक्त हुन्छ । यसले लुक्स राम्रो नदेखिने तथा आफैँलाई पनि असहज अनुभूति गराउन सक्छ ।

फ्ल्याट स्यान्डल लगाउँदा होचो व्यक्तिलाई झन् होचो देखाउन सक्छ । त्यस्तै, यस्तो स्यान्डिलले केही मोटो पनि देखिन्छ । त्यसैले हाई हिल नलगाए पनि मिडियम हिल लगाउनु राम्रो हुन्छ ।

ड्रेसअपसँगै गहना लगाउन पनि विचार पुर्‍याउनुपर्छ । धेरै हेभी गहना लगाउँदा भद्दा देखिनुका साथै आफैँलाई पनि अप्ठ्यारो लाग्न सक्छ । आफूलाई कम्फर्टेबल फिल गराउन सिम्पल गहना छनोट गर्नु राम्रो हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया