Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ । म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलको सुरुमै एभर्टनका फिल जगेल्काले पहिलो गोल गरे ।

दोस्रो हाफको अन्तिम समयमा म्यान्चेस्टर युनाईटेडले पेनाल्टी हान्ने अवसर पायो । यही अवसरलाई गोलमा बदल्दै ज्लातन ईब्राहिमोभिचले खेल बराबरी गरेका हुन् । प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको अर्को खेलमा लेष्टर सिटीले सण्डरल्याण्डलाई तथा वाट्फोर्डले वेष्ट ब्रोमलाई २–० ले हराएका छन् । बर्नलेले स्टोक सिटीलाई १–० ले हरायो ।

इंङ्गलिस प्रिमियर लिग फुटबलमा आज राती ६ खेल हुनेछन् । आज चेल्सी र म्यान्चेस्टर सिटी आमने सामने हुँदा आर्सनलले वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ । यसैगरी टोटनह्याम हट्सपर र स्वान्सी सिटी, लिभरपुल र बर्नमाउथ, साउथह्याम्पटन र क्रिष्टल प्यालेस तथा हल सिटी र मिडिल्सब्रो भिड्नेछन् ।

प्रिमियर लिगमा अहिलेसम्म २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया