Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो ।

४२ प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको अनुसन्धानकर्ता डा महेश पुरीले जानकारी दिनुभयो । अध्ययन अनुसार नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गरेकामा एक लाख ३७ हजारले मात्रै सुरक्षित गर्भपतन गरेका छन् । बाँकी एक लाख ८६ हजार ९४ महिलाले भने मान्यता नदिएको स्वास्थ्य संस्थाबाट गर्भपतन गरेको पाइएको छ ।

कृपाले गरेको अध्ययनमा गर्भपतन गराएकामध्ये ८० हजारलाई समस्या देखिएकोले उपचारका लागि स्वास्थ्य संस्थामा जाने गरेको र तीमध्ये करिब ५४ हजार महिलाले भने मान्यता नपाएका स्वास्थ्य संस्थामा गर्भपतन गराएका रहेको पाइएको छ । यो तत्थाङ्कले नेपालमा असुरक्षित गर्भपतन ठूलो समस्याको रुपमा रहेको पाइएको डा पुरी बताउनुहुन्छ । पाँचैं विकास क्षेत्रका जिल्लालाई प्रतिनिधित्व गर्ने गरी २७ जिल्ला तथा ३ सय ८६ वटा स्वास्थ्य संस्थामा अध्ययन भएको थियो ।

नेपालमा वार्षिक १० लाख ४८ हजारले गर्भधारण गर्ने गरिएको र त्यसमध्ये ५० प्रतिशत इच्छा विपरितको हुनेगरेको सो अध्ययनले देखाएको छ । इच्छा विपरित गर्भ रहेकामध्ये ६२ प्रतिशतले गर्भपतन गर्ने गरेको समेत सो अध्ययनले देखाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया