Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं  – फिफाले सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अगाडि बढाएको छ ।

केही समयअघि फिफाले सार्वजनिक गरेको विज्ञप्तीमा ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टिमले प्लेअफ प्रतियोगिता खेल्ने प्रस्ताव अगाडि सारेको थियो ।

फिफाको जनवरीमा बसेको बैठकले विश्कपमा सहभागी हुँदै आएका ३२ देशबाट बढाएर ४८ देश बनाएको हो । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भनिएपनि महादेशलाई कति कोटा दिने भन्ने अझै टुँगो लागेको छैन् । तर, सबै महादेशले आफूलाई चाहिने कोटा अघि सारेका छन् ।

अफ्रिका महादेशबाट ५ देश सहभागी हुँदै आएकोमा त्यसलाई बढाएर ९ देश हुनु पर्ने माग गरेको छ । एसिया महादेशबाट ४/५ देश सहभागी हुँदै आएकोमा त्यसलाई बढाएर ८ पु¥याउनु पर्ने प्रस्ताव अघि सारेको छ ।

त्यस्तै युरोपबाट  १३ देश सहभागी हुँदै आएको अब १६ हुनु पर्ने, उत्तर–मध्य अमेरिका तथा क्यारेबियनबाट ३/४ देश सहभागी हुँदै आएको अब ६ हुनु पर्ने, ओसियानाबाट १ देश सहभागी हुनुपर्ने र दक्षिण अमेरिकाबाट ४ देश सहभागी हुँदै आएकोमा ६ हुनु पर्ने प्रस्ताव अघि सारेका छन् । यो प्रस्तावमाथि आउँदो मे ९ तारिखमा बस्ने फिफाको बैठकले छलफल गरी टुंगो लगाउनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया