Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – सिंचाई मन्त्री दीपक गिरी र कुवेत फण्डका प्रतिनिधिबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री गिरीको कार्यकक्षमा आज कुवेत फण्डका प्रतिनिधिसँग भेटवार्ता भएको हो ।

नेपालका विभिन्न सिंचाई आयोजनाहरुमा लगानी गरिरहेको कुवेत फण्डले पछिल्लो पटक दाङको देउखुरीस्थित प्रगन्ना सिंचाई योजनामा लगानी गरेको छ । यसअघि फण्डले बर्दियाको बबई सिंचाई आयोजना, बागमति सिंचाई आयोजनामा लगानी गरेको थियो । नेपालको कृषि क्षेत्रमा बढी लगानी गरिरहेको फण्डलाई भर्खरै शुरु भएको दाङ बृहत् सिंचाई योजनामा लगानी गर्न मन्त्री गिरीले आग्रह गर्नुभयो ।

“दाङ कृषिको उर्बर भूमि हो, त्यहाँका धेरै मानिस कृषि कर्म गर्छन, सिंचाईको असुविधा छ, त्यसैलाई मध्यनजर गरेर शुरु गरिएको यो योजनामा लगानी गर्नुप¥यो,” मन्त्री गिरीले भन्नुभयो । फण्डका प्रतिनिधिले नेपालका थप योजनाहरुमा लगानी गर्न आफूहरु इच्छुक रहेको भन्दै त्यसका लागि सकारात्मक रहेको बताएका थिए । योजनाका बारेमा थप अध्ययन गरेर निर्णयमा पुग्ने उनीहरुले बताए । भेटमा सिंचाई मन्त्रालयका सचिव रामानन्द यादव पनि सहभागी हुनुहुन्थ्यो ।

दाङको ६० हजार हेक्टर भूमिमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले बृहत् दाङ उपत्यका सिंचाई योजना शुरु भएको छ । अहिले योजनाको विस्तृत सम्भाब्यता अध्ययनको काम भइरहेको छ । सल्यानको शारदा नदीमा ड्याम निर्माण गरेर त्यहाँको पानी दाङमा ल्याउने गरी आयोजना शुरु भएको हो । त्यसबाट ५ मेगावाट विजुली निकाल्ने समेत लक्ष्य छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया